Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसदमा एमसीसी बिबादित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 25, 2022
9 shares

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ ।

बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था समितिको बैठकले बैठक सञ्चालनको तयारीका लागि कार्यसूची फाइनल गरे पनि सरकारको आग्रहमा सूचना टाँस गरेर बैठक स्थगित गरियो ।

प्रधानमन्त्रीको आग्रहमा संसद् बैठक स्थगित भएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग सहमति गर्न शुक्रबारसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीको आग्रह’ सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसीसी पारित गर्न‘पर्ने पक्षमा छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत–समाजवादी) विपक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन ।

उसले प्रतिनिधि सभाको वेल घेराउ गर्दै नाराबाजी गर्दै आएको छ । यही अवस्थामा प्रतिनिधि सभामा सभामुखले एमसीसी निर्णयार्थ पेस गरेको अवस्थामा एमसीसीको पक्षमा कति संख्या पुग्यो भने पास हुन्छ? भन्ने विषयमा विवाद देखिएको छ । एमालेको नाराबाजीबीच माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे पनि एमसीसी ध्वनि मतका आधारमा पारित हुन सक्छ ।

एमालेले नाराबाजी गरिरहेका बेला उनीहरूको मत गणना हुन्न । त्यसैले हुन्छ भन्नेको बहुमत हुने भएकाले एमसीसी अनुमोदन हुन सक्छ । प्रतिनिधि सभा नियमावलीको नियम २८ मा सभामुखले ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने उच्चारण गर्न लगाई जुन पक्षको बहुमत ठह¥याउँछ सोको घोषणा गर्ने उल्लेख छ । File photo
राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved