Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हजारौं कैदीबन्दि राखिने नुवाकाेटकाे बन्दिगृह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 23, 2022
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ ।

जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको बताउँदै भने, “फागुन मसान्तसम्ममा एउटा युनिटको दुई ब्लकमा पाँच/पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भइरहेको छ ।”

करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हुँदैछ । उनका अनुसार पहिलो चरणमा सुन्धारास्थित जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ तर पूर्ण सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने अनुमान गरिएको छ ।

“माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना थियो तर कोरोना सङ्क्रमण महामारीका कारण एक महिना ढिलो भएको छ,” गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले भने ।

सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको विभागले जनाएको छ । करिब सात हजार कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागार निर्माण कार्य छ महिनादेखि रफ्तारमा भइरहेको छ ।

नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको उनले जानकारी दिए।

अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री वितरणलगायत विभिन्न कक्षसहितका सुविधा समेटिएका छन् । त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेत...

  • June 6, 2026

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जिय...

  • June 5, 2026

चार वर्षमा १५ करोड बराबरका विकास योजना सम्पन्न : अध्यक्ष न्यौपाने

  • June 5, 2026

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टी...

  • June 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved