Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय भुमी आयोगलाइ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको पाँच बुदे ध्यानाकर्षण पत्र, बैकल्पिक व्यवस्था नगरी कुनै पनि स्थानका सुकुम्बासीलाई उठिबास गर्न नदिने आयोगको प्रतिबद्धता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2022
48 shares

No description available.

बिगत दस बर्ष देखी सुकुम्बासीहरुको अधिकारको पक्षमा आवाज उठाउदै आएका विभिन्न पार्टीमा आवद्ध राजनीतिक पार्टीका भातृ संघ संगठन र सस्थाहरुको सहभागीतामा बनेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको टोलीले राष्ट्रिय भुमि आयोग,ताहाचल काठमाडौंलाइ संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका छ।

केहि दिन अगाडि शहरी बिकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिले बागमती करिडोरमा अस्थायी स्थायी घरटहराहरु भत्काउने, तत्काल खाली गर्नु भन्ने सूचना प्रकाशित गरेको र त्यसैगरी सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्देशनमा पशुपति बिकाश काेषले कागेश्वरि मनहरा नपा ८ मा रहेका करीब १०० सुकुम्बासीहरुको घर टहरा हटाउने सूचना प्रकाशित गरेपछी बैकल्पिक व्यवस्था बिना तत्काल कुनै पनि स्थानमा रहेका भुमिहिन,सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई उठीबास नगर्न नगराउनका आवश्यक पहल लिनका लागि ध्यानाकर्षण पत्रका साथ मोर्चाको नेतृत्वमा सम्बन्धित बस्तीका सुकुम्बासीहरु समेत पुगेका थिए ।

यस अघि मोर्चाले विभिन्न मन्त्रालय, राजनितिक पार्टीका अध्यक्षहरु , पुर्व प्रधानमन्त्रीहरु र सूचना प्रकाशित गर्ने शहरी बिकास मन्त्री रामकुमारी झाक्री र पर्यटन मन्त्री प्रेम आलेलाई समेत भेटेर ध्यानाकर्षण पत्र दिईएकाथिए । मन्त्री झाक्रीले बागमती करिडोेमा रहेका सुकुम्बासीहरु बैकल्पिक व्यवस्थापन नगरेसम्म सुकुम्बासीलाई उठिबास नगर्ने प्रतिबद्ध जनाइ बागमती करिडोरमा रहेका सुकुम्बासीलाई व्यवस्थापन गर्ने भन्दै सहरी मन्त्रालय बागमती बिकास समिति र सुकुम्बासी मोर्चाको समेत सहभागिता रहने गरि सात सदस्यीय समिति बनाउने निर्णय गरेपछि मोर्चाको तर्फबाट सहअध्यक्ष नारायण परिश्रमि र उपाध्यक्ष राजुलामा को नाम मोर्चाले सो समितिका लागि नाम सिफारिस गरेको मोर्चाका सल्लाहकार दल मर्दन कामिले बताए ।

No description available.

मोर्चामै आवद्ध एक नेताले बताए अनुसार पर्यटन मन्त्री प्रेम आलेलाइ भेट्न् जादा मोर्चाका नेताहरूलाई बेवास्ता गर्दै अभद्र व्यवहार गर्दै सरकारको जग्गामा बस्ने पशुपति मन्दिरको जग्गामा बस्ने तिमीहरूलाई कस्ले दियो म जसरी उठाउछु यदी मैले उठाउनु सकिन भने जसरी यो मन्त्रीको पदमा एकछिन पनि बस्तिन भन्दै सुकुम्बासीको कुरानै सुन्न नमानेको आरोप लगाएकाछ्न ।

तत्पश्चात सो क्षेत्रका सुकुम्बासीलाई बैकल्पिक व्यवस्थापन बिना उठिबास गर्न नदिन सुकुम्बासी नेताहरूले अधिकार भन्दै काठमाडौं,कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७,८ र ९ मा रहेका सुकुम्बासीहरुलाइ तत्काल उठिबास नगर्न नगराउन आवश्यक पहलका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवासमा ३र ४ गते लगातार २ दिनसम्म धर्ना कार्यक्रम समेत गरेका थिए ।

माधवकुमार नेपालका स्वकीय सचिवकाे समन्वयमा पशुपति बिकासकाेषमा छलफल गर्न गएका उनीहरु उक्त छलफलमा काेषका पदाधिकारीले एक हप्ता मात्र समय थप गर्न सकिने र त्यसपछि जसरी भए पनि उठाउने कुरा बताए पछि बिहीबार भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थितहरुकाे काम गर्न सरकार द्वारा गठित राष्ट्रिय भुमि आयाेगकाे कार्यलयमा पुगेका हुन । आयाेगका अध्यक्ष केदार निराैला, उपाध्यक्ष नहेन्द्र खड्का, भुमी सम्बन्धिका विज्ञहरु र आयोगका सदस्य सहितकाे उपस्थितिमा छलफल लामो छलफल भएको थियाे भने आज नै सरकारमा आबद्ध राजनीतिक पार्टीका पाँच वटा भातृ संगठनहरुले समेत साेहि बिषयमा आयाेगलाई ज्ञापनपत्र बुझाएका थिए ।

No description available.

आयोगको सभाहलमा आयोगका प्रतिनिधि र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र सरकारमा आबद्ध पार्टीका पाँच घटकका प्रतिनिधि दुवै पक्ष सगकाे छलफलमा आयाेगका प्रतिनिधिहरुले आयाेग आफ्नो क्षेत्राधिकार भित्र द्रुत गरिमा काम गर्दै रहेको जानकारी गराउदै देशभरका सबै सुकुम्बासी व्यवस्थापन गर्न लागेकाे हुनाले यस कार्यमा आयाेगको काममा लाई असहयोग हुनेगरी कुनै पनि स्थानमा रहेका सुकुम्बासीका अस्थायी वा स्थायी घर टहरा हटाउने काम नगर्न / नगराउन समेत सुचना प्रकाशित गरेकाे जानकारी गराउदै उपस्थित मोर्चा र घटक दलका नेतालाई जानकारी गराए ।

No description available.

मोर्चा र घटक दलका प्रतिनिधित्वको ज्ञापनपत्रका बिसयमा आयोगको ध्यानाकर्षण भएको र तत्काल सम्बन्धित निकायमा आवश्यक पहलकदमी लिने र कुनैपनि बस्तीमा उठिबास हुन नदिने प्रतिबद्धता आयोगका अध्यक्ष र उपाध्यक्षले आश्वासन दिएका कुरा माेर्चाका नेताले बताएका छन । उक्त छलफलमा माेर्चाकाे तर्फबाट कार्यबाहक अध्यक्ष नारायण परिश्रमी सल्लाहकार हुकुम बहादुर लामा ,दलमर्दन कामी,पदम सिजापती, उपाध्यक्ष राजकुमार पाण्डे,उपाध्यक्ष राजु तामाङ, उपाध्यक्ष लिला माेक्तान, महासचिव अर्जुन कुँवर सचिव झवरलाल उराव सदस्यहरु स्मिता आचार्य, जित बहादुर राई, लिला देशार रहेका थिए भने घटक दलहरूको तर्फबाट अमर परियार,नारायण परिश्रमि,राजकुमार पाण्डे,दिपक कुवर र राजेन्द्र शर्माको नेतृत्वमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved