Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमसीसी अनुमोदनको समय सकिदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2022
15 shares
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दिएको समयसीमा सकिन अब १४ दिनमात्रै बाँकी छ । तर, एमसीसी सम्झौता संसद्मा छलफलका लागि समेत पेश हुने संकेतसम्म देखिएको छैन ।

सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसभित्र नै तत्काल एमसीसी सदनमा लगेर पास गर्नुपर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलहरू भने एमसीसी तत्कालै अघि बढाउने पक्षमा देखिएका छैनन् । एमसीसीमा भएका कतिपय बुँदा संशोधन गरेपछि मात्र सदनमा अघि बढाउनुपर्ने अडानबाट माओवादीसहितका दलहरू एक इन्च पनि पछि नहट्दा एमसीसी सम्झौता अनुमोदनका लागि प्रक्रियामै जान सकेको छैन ।

एमसीसी अनुमोदनका लागि पार्टी भित्रबाट पनि चर्को दबाब खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सहमतिको प्रयासलाई जारी राखेका छन् । उनले एमसीसी संसद्मा पेश गर्न सहमति जुटाउन शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा एमसीसी सम्झौता पेश गर्ने प्रस्ताव गरेका थिए । तर, दाहाल र नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहोर्‍याएको छ ।आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved