Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2022
12 shares

काठमाडौं। तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ।

यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका छन्।

नमुना विद्यालयको गुरुयोजनासम्बन्धी कार्यक्रमसमेत ठप्प अवस्थामा छ। जसले गर्दा प्रदेश सरकारले छुट्याएको यस आर्थिक वर्षको बजेटसमेत फ्रिज हुने अवस्थामा पुगेको छ। गत वर्ष भने बजेट फ्रिज नै भएको थियो।

विद्यालय व्यवस्थापन समिति र प्रधानअध्यापकले मानवअधिकार र श्रम ऐन उल्लंघन हुनेगरी कोभिड महामारीका बेला बिनापारिश्रमिक काममा लगाएको विरोधमा शिक्षकले गत भदौदेखि आन्दोलन गर्दै आएका छन्।

निजी स्रोतबाट तलब बेहोरिने बिहानी सत्रका कक्षा ११ र १२ सँग सम्बन्धित करिब डेढ दर्जन शिक्षक तथा कर्मचारी तथा आधारभूत र निमावि तहका करिब एक दर्जन शिक्षक तथा कर्मचारीले डेढ महिना धर्नासहित आन्दोलन गरेपछि गत दसैंमा कतिपयले ९ महिना र कतिपयले आठ महिनाको तलब प्राप्त गरेका थिए।

त्यससँगै गत कात्तिकमै आन्दोलनकारी शिक्षक तथा व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष राधेश्याम खड्का र निमित्त प्रधानअध्यापक छत्रबहादुर कटुवालबीच कार्यविधि निर्माण गरेर शिक्षकको पेसागत सुरक्षाको सुनिश्चितता हुनेगरी समस्या समाधान गर्ने र तलब पनि नियमित रुपमा भुक्तानी गर्ने सहमति भएको थियो। तर समस्या अझै उस्तै छ।

आन्दोलनरत शिक्षकले माग सम्बोधन नगरी एकलौटी रुपमा कार्यविधि निर्माण गरेर एक दशकभन्दा बढी समयदेखि ११ र १२ कक्षामा कार्यरत करार सेवाका शिक्षकलाई हटाउन खोजेको आरोप लगाउँदै आएका छन्।

उनीहरूले ६ महिना बितिसक्दा पनि माग पूरा गर्न व्यवस्थापन समिति र निमित्त प्रधानअध्यापक कटुवाल असफल भएको आरोप लगाउँदै आफ्ना मागबारे विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, स्थानीय सरकार तथा स्थानीय राजनीतिक दलहरूलाई ध्यानाकर्षण गर्ने तयारी गरेका छन्। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved