Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्वार्कोमा ‘फ्लाइओभर’ एमरएस आशिष समानान्तर रेलिगर जेभीले निर्माण गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 21, 2022
18 shares
ललितपुर। ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।

उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो । प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो । ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए । १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ ।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो । यसका लागि चार महिना छुट्याइएको छ । सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ । काठमाडौँ उपत्यकाका सडकमा यातायात व्यवस्थापनका लागि २० स्थानमा फ्लाइओभर निर्माण आवश्यक रहेको सडक विभागले जनाएको छ ।

केन्द्रका निर्देशक झाका अनुसार त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, शहीदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोङ्गबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटी, बल्खुलगायत स्थानमा फ्लाइओभर आवश्यक छन् । गोरखापत्र दैनिकबाट

 


प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved