Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागरिकलाई पीसीआर र उपचार कहिले निःशुल्क हुन्छ ? : ऋषि धमला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 17, 2022
24 shares

काठमाडौं । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पीसीआर परीक्षणको शुल्कमा चाँडै पुनरावलोकन हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव डा. पोखरेलले भने, “सबै जनमानसले कोभिडको शंका लाग्ने बित्तिकै पीसीआर वा एन्टिजेन गरे हुन्छ । किनभने यो एक व्यक्तिबाट १० जनालाई सर्छ । सरकारी अस्पतालमा परीक्षण निःशुल्क हो । नाकामा पनि निःशुल्क नै छ । तर निजी प्रयोगशालाको परीक्षणमा सरकारले निःशुल्क गर्न सक्दैन ।”

मन्त्री, प्रधानमन्त्री, सांसदलाई पीसीआर र उपचार निःशुल्क छ तर नागरिकले त्यो सुविधा कहिले पाउँछन् भन्ने पत्रकार धमलाको प्रश्नमा स्वास्थ्य सचिवले भने, सरकारी अस्पतालका डाक्टरले लक्षण छ भनेमा पीसीआर फ्रीमै हुन्छ । अलिकति समय लागे पनि सरकारी प्रयोगशालामा दिने सेवा स्तरीय नै छ । एयरपोर्टमा बाहिर जाने नेपालीको पीसीआर परीक्षण शुल्क २ हजारबाट १२ सयमा झरेको छ । निजीको हकमा अस्पताल र प्रयोगशालाका संस्थासँग बसेर चाँडै रेटमा रिभ्यू गर्छौं । तोकिएको शुल्कभन्दा बढी लिए कारबाहीमा पर्न सक्छ ।”

कोरोना संक्रमण ह्वात्तै बढेपछि परीक्षण बढाएको र अस्पताललाई तयारी हालतमा राखेको पनि उनले जानकारी दिए । उनले थपे, “खुला सिमानाका कारण कोरोना नियन्त्रणमा समस्या छ । तर हामी सक्दो कोसिस गरिरहेका छौं । १३ वटा नाकामा हामीले स्वास्थ्यकर्मी राखेका छौं । ९० प्रतिशतले एन्टिजेन टेस्ट गरेका छन् । छुट्टै आइसोलेसन नहुँदा कहिलेकाहीँ समस्या छ । सबै जना ती नाकाबाट आउँदैनन् । लुकीछिपी आउँदा कोरोना फैलिएको हो ।”

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि समस्या आउँदैन भन्ने अर्को प्रश्नमा स्वास्थ्य सचिव डा. पोखरेलले भने, “स्वास्थ्यकर्मी काम गरेर संक्रमित भएका हुन् । संक्रमण बढेको पनि स्वास्थ्यकर्मीले नै पत्ता लगाएका हुन् । उनीहरुका लागि आइसोलेसनको व्यवस्था गरेका छौं । करारमा पनि कर्मचारी थपिरहेका छौं ।”

अहिलेसम्म ४० प्रतिशत नागरिकले दुई डोज लगाएको उनले बताए । उनले थपे, “हामीले तेस्रो मात्राको खोप पनि खोलेका छौं । वडासम्म खोप अभियान चलिरहेको छ । बच्चालाई लगाउने रुटिन खोप, कोरोना खोप र तेस्रो खोप लगाउनु पर्दा मात्राले थकित स्वास्थ्यकर्मी थकित छन् । खोपको कमी छैन । कोरोना नियन्त्रण र परीक्षणमा स्थानीय तहको सहयोग चाहिन्छ ।

अब लकडाउन हुन्छ कि हुँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा स्वास्थ्य सचिव डा. पोखरेलले भने, “भीडभाड कम गर्न र चेनब्रेकका लागि स्मार्ट लकडाउन गरेका छौं । केसको संख्या हेरेर लकडाउन वा ठूला जमघट बन्द गर्ने अधिकार सम्बन्धित जिल्लालाई नै दिने कुरा भएको छ । लकडाउन भए पनि जिल्ला वा स्थान विशेष हुन्छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved