Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तर्राष्ट्रिय बजारबाट वञ्चित हुँदै नेपाली गीत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2021
54 shares

काठमाडौं। नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।

सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् ।

समाजका महासचिव ‘बी’ (बद्री) पाण्डेले प्रक्रिया थालनी सुरु भएको बताए । उनका अनुसार अहिलेसम्म सिसाकबाट विश्वका १ सय २० देशले सदस्यतासँगै सेवा लिइरहेका छन् । जहाँ ती देशका रोयल्टी संकलनसम्बन्धी १ सय २८ समाज आबद्ध छन् । सो संस्थामा पहिलोपटक नेपाल सदस्य बन्न सफल भएको हो ।

‘संगीत रोयल्टी संकलन समाजबाट नेपाली गीत अन्तर्राष्ट्रिय बजारमा पठाउन सिसाक सदस्यता अपरिहार्यजस्तै थियो । त्यो कार्य सम्पन्न भए पनि सिसाक सफ्टवेरमा जोडिन भारी शुल्क लाग्ने महासचिव पाण्डे बताउ“छन् । ‘हाम्रा सदस्यका जति पनि गीत छन्, सर्भर लिएपछि ती सबै गीतको परिचय खुल्ने कोड सिसाकले दिन्छ,’ उनले भने, ‘कोडले सम्बन्धित गीत कहाँ कसरी प्रयोग भइरहेको छ रु भनेर देखाउनुका साथै सर्भरमा रोयल्टीसमेत जम्मा हुन्छ ।’

समाज अध्यक्ष सुरेश अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीत व्यापारका लागि पहिचान (म्युजिक कोड) आवश्यक छ । कोड भएपछि बल्ल अन्तर्राष्ट्रिय बजारमा रोयल्टीका लागि वैधानिकता प्राप्त गर्ने उनले जानकारी दिए ।

संगीत रोयल्टी संकलन समाजमा रहेका गीतको अन्तर्राष्ट्रिय कोड ‘केही सस्तोमा प्राप्त भए पनि सिसाक सर्भर’का लागि ५० देखि ६० लाख शुल्क तत्कालै बुझाउनुपर्नेछ । सो रकम स्रष्टाको नाममा संकलित ‘रोयल्टीबाट बुझाउने कि?’ भनेर छलफल सुरु भएको छ । यसका लागि एकथरी ‘सकारात्मक भए पनि अर्काथरी’ अन्कनाइरहेका छन् । राजधानी दैनि

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved