Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 27, 2021
63 shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ ।

२०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ । पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो । माओवादीले उठाएको एजेन्डा संविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन ।

आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन् । साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए । प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।

महाधिवेशनमा नियमित प्रक्रियाबाट छानिएका १ हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कुल १ हजार ६ सय ३१ को सहभागिता रहेको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८ सय ३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी रहेका छन् ।

त्यसै गरी प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved