Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना बीमामा अनुदान दिन आनाकानी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2021
33 shares

काठमाडौं। सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन ।

कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने हो । तर, त्यति सानो रकम पनि सरकारले भुक्तानी नदिएको बीमा कम्पनीहरू बताएका छन् । सरकारले दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड रकम पनि निकासा नगर्दा बीमितहरूले अझै पनि दाबीको भुक्तानी पाएका छैनन् ।

‘सरकारले अनुदानबापत दिनुपर्ने सानो रकम पनि अझै निकासी गरेको छैन । जुन गत आवमा नै पाउनुपर्ने हो,’ एक कम्पनीका अधिकारीले भने, ‘यही अवस्था हो भने दाबीका लागि पाउनुपर्ने अर्बौ रकम निकासी गर्न थप झमेला बेहोर्नुपर्ने देखिन्छ ।’ यद्यपि, सरकारले यस बापत झण्डै ४२ करोड रुपैयाँ भने भुक्तानी गरिसकेको छ ।

गत आवको वार्षिक बजेटमा नै कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । सोहीअनुसार बीमा कम्पनीहरूले आव २०७७र७८ को साउनदेखि ग्राहकबाट ५० प्रतिशतमात्र शुल्क लिएर कोरोना बीमा गरे । तर, सरकारले त्यसमा अनुदानमार्फत दिने भनेको सानो रकम पनि निकासा गर्न बाँकी रहेको छ ।

नेपाल बीमक संघका महासचिव चंकी क्षत्रीले कोरोना बीमामा अनुदानमार्पmत पाइने रकमसमेत पूर्णरूपमा नपाएको बताए । उनका अनुसार सरकारले अभैm २ करोड ११ लाख २७ हजार भुक्तानी गर्न बाँकी छ । यसमा बीमा समितिले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । साथै, कोरोना बीमाको दाबीबापत पाउनुपर्ने रकम पनि तत्काल निकासी हुनुपर्ने उनले बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले यस विषयमा छलफल भइरहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर उक्त रकम निकासी हुने उनको भनाइ छ ।

बीमा समितिले २०७७ वैशाखदेखि कोरोना बीमासम्बन्धी पालिसी लागू गरेको थियो । यसमा दायित्व बढी भएपछि २०७७ भदौमा यसको कारोबार स्थगित पनि गरिएको थियो । तर, पछि सरकारले साढे ३ अर्बभन्दा माथिको दायित्व लिने भएपछि यो बीमा कारोबार पुनः सुचारु गरिएको थियो । चालू आवदेखि भने यो बीमाको कारोबार बन्द नै गरिएको छ । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved