Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2021
30 shares

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री प्रेम आले मगरले उक्त जानकारी दिएका हुन् ।

“निगमलाई निजीकरण गर्ने प्रक्रिया हामीले रोकेका छौँ,” उनले भने । निजी क्षेत्रका जहाजले दैनिक दुई सय ५० वटासम्म उडान गर्ने तर सरकारी स्वामित्वको जहाजको दुई दर्जन पनि उडान नहुने अवस्था हुनु दुःखद रहेको उनले बताए । “दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तयारी हुँदा पनि निगमसँग जहाज छैन, अर्काले उडाएको जहाज गनेर बस्नुपर्ने स्थिति छ,” उनले भने । ध्वजावाहक जहाजलाई त्रिपाल हालेर सुकाउने अनि निजी जहाजमात्र उडाउनुपर्ने अवस्था निगमको हितमा नरहेको उनको भनाइ थियो ।

निगमसँग प्रत्यक्ष अप्रत्यक्ष एक हजार दुई सय कर्मचारी रहेको तर त्यसको अनुपातमा जहाज अत्यन्त न्यून रहँदा निगम पछाडि परेको पनि मन्त्री आलेले बताए । मर्मतकै लागि करोडौँ रुपियाँ लाग्ने अवस्थामा बजेटको व्यवस्थापन पनि नरहेको उनको भनाइ थियो । दैनिक डेढ करोडभन्दा बढी घाटा रहेको ५०औँ अर्ब ऋण रहेको अवस्थामा निगमको सुधारका लागि धेरै गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।

कार्यक्रममा मन्त्री आलेले निगमको सुधारका लागि आफूले सहयोग गर्न तयार रहेको बताए । निगमका लागि आवश्यक जहाजको अध्ययन गरेर मन्त्रालयमा पठाए आफूले त्यसका लागि पहल गर्ने उनले जानकारी दिए। त्यस्तै, अलपत्र अवस्थामा रहेको निगमको जग्गाको खोजी गरेर त्यसमा भवन बनाएर भाडामा दिँदा पनि निगमलाई आम्दानीको बाटो खुल्ने उनले बताए । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved