Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री देउवाद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 22, 2021
69 shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ ।

विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफैंले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन गर्दै कानुनको खिल्ली उडाएका हुन् ।

प्रधानमन्त्री देउवाले कानुनको बारेमा कुनै जानकारी नै नभई यो कार्य गरेका हुन् वा जानीजानी उपेक्षा गरेका हुन्? उनको सचिवालयले यसको जवाफ दिन आवश्यक ठानेको छैन । सरकारको यस कार्यको विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ, नागरिक समाजका अगुवाहरूले समेत विरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले गत शुक्रबार मात्रै विदेशी लगानीमा सुरु हुन लागेको सो गैरकानुनी टेलिभिजनको उद्घाटन गरेपछि उनी आफ्नै पार्टीभित्र पनि आलोचित बनेका छन् । ऐनविपरीत विदेशी लगानीमा सुरु गर्न लागिएको र दर्ता नै नगरिएको भारतीय टेलिभिजको सो उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाका अलवा सत्तागठबन्धनका प्रमुख नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँडलगायतका नेताहरू सहभागी थिए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजनलगायतका सञ्चार माध्यम सञ्चालन गर्नुपूर्व अनिवार्य रूपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, यी सबै प्रावधानलाई बेवास्ता गर्दै सञ्चालनमा आउन लागेका टेलिभिजनको प्रधानमन्त्री देउवाले उद्घाटन गरेपछि यस कार्यको सर्वत्र विरोध र भत्र्सना भएको छ । कतिपयले यो विषयलाई राष्ट्रियताको सवालमा समेत सरकारले घुँडा टेक्न पुगेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

पतञ्जली आयुर्वेद हरिद्वारका लगानीकर्ता तथा योगगुरु रामदेव र पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्ण टिभी उद्घाटन गर्न तामझामका साथ काठमाडौं आएका थिए ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सञ्चार क्षेत्रमा वैदेशिक लगानी वर्जित भएकाले विदेशीबाट लगानी हुने कुनै पनि टेलिभिजन तथा सञ्चारमाध्यम सञ्चालन गर्न अनुमति नदिइने प्रस्ट पारेका छन् । उनले शुक्रबार उद्घाटन भएको भनिएको पतञ्जलिको ती दुवै टेलिभिजन दर्ता नभएकाले सो कार्य गैरकानुनी भएको जानकारी दिए ।

उनले त्यस सम्बन्धमा सत्यतत्य पत्ता लगाउन विभागले आइतबार नै निर्देशकको नेतृत्वमा छानबिन टोली त्यसतर्फ पठाएको बताए । सोमबारसम्म यथार्थ छानबिन गरी सत्यतथ्य विषय बाहिर ल्याइने महानिर्देशक हमालले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजनको उद्घाटन गरेर कानुनविपरीत काम गरेको टिप्पणी गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved