Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आगो लगाईदिन्छौ – आङकाजी शेर्पा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 14, 2021
141 shares

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समूदायका नागरिकलाई अपिल गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत्त सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो भनेको हो ।

उनले अहिले कोही कोही व्यक्तिहरु हिन्दुको प्रतिशत ९० बनाउँछु भनेर लागेको पनि सुनाए । उनले भने,‘खबरदार कागजमा जुनसुकै बनाउनुहोस, हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामीले आफैले गणना गर्छौं ।’

नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरुलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् । उनले भने,‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौं ।’

नेपाली ख्रीष्टियन समूदायलाई बिभिन्न तत्वहरुले अपमानित गरिरहेको अवस्था पनि उनले सुनाए । उनले भने,‘राज्यबाट पाउनुपर्ने अधिकारबाट पनि बन्चित गरिएको छ । सरकारी कार्यलयमा हामी ख्रीष्टियन हौं भन्दा त्यहाँपनि अपहेलना गरिने गरिएको हामीले महसुस गरेका छौं । त्यसैले सरकारले सबै धर्मलाई समान ढंगले हेर्नुपर्छ । यो नै नेपाली ख्रीष्टियन समूदायको माग हो ।’

कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरु धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यावस्थाबाट हामी बाहिर निस्किन सक्दैनौं । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’

जनजाती महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।

उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’अहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आगो लगाईदिन्छौ – आङकाजी शेर्पाअबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्यांक विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको उनको चेतावनी छ। infonepalonline.com.np

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved