Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नास्तिकता अथवा नास्तिकवाद के हाे? ( तथ्यसहित) महेन्द्र नेपाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2021
129 shares

नास्तिकता अथवा नास्तिकवाद अथवा अनीश्वरवाद (Atheism) त्यो सिद्धान्त जो जगतलाई सृष्टि गर्ने, यसलाई सञ्चालन र नियन्त्रण गर्ने भनिएको कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन। (नास्ति = न + अस्ति = छैन , अर्थात ईश्वर छैन।) नास्तिकहरू ईश्वर (भगवान)को अस्तित्व झूटो मान्दछन्। अधिकांश नास्तिक कुनै पनि देवी देवता, परालौकिक शक्ति, धर्म र आत्मालाई मान्दैनन्। हिन्दू दर्शनमा नास्तिक शब्द उनीहरूको निम्ति प्रयुक्त गरिएको छ जो वेदहरूलाई मान्यता दिंदैनन्।

कार्ल मार्क्स दर्शनको अनीश्वरवादका अनुसार ब्रह्माण्ड स्वयंसञ्चालित र स्वयंशासित छ। ईश्वरवादी ईश्वरको अस्तित्वको जो प्रमाण दिन्छन्, अनीश्वरवादी ती सबैको खण्डन गर्छन् र संसारगत दोषहरू भनेर निम्नलिखित प्रकारका तर्कहरूद्वारा यो सिद्ध गर्ने प्रयास गर्दछन् कि यस संसारलाई ईश्वरले रचेको होइन।

ईश्वरवादी भन्दछन् कि मनुष्यको मनमा ईश्वर प्रत्यय जन्मदेखि नैं हुन्छ र त्यो स्वयंसिद्ध एवं अनिवार्य हो। यसले ईश्वरको अस्तित्वको बोध गराउँछ। यसको उत्तरमा अनीश्वरवादी भन्दछन् ‘ईश्वरभावना सबै मनुष्यहरूमा अनिवार्य रूपमा पाइंदैन र यदि पाइएमा त्यो केवल मनको भावना हो, मनको भावनाले बाहिरी वस्तुहरूको अस्तित्व सिद्ध हुँदैन। मनका धेरै धारणाहरूलाई विज्ञानले असिद्ध प्रमाणित गरिसकेकोछ।

संसारमा सबै वस्तुहरूको कारण हुन्छ। बिना कारण कुनै कार्य हुँदैन। कारण दुई प्रकारका हुन्छन्-एक उपादान, जसद्वारा कुनै वस्तु बन्दछ, र अर्को निमित्त, जसले त्यसलाई बनाउँछ। ईश्वरवादी भन्दछन् घट, पट र घडी सरह समस्त जगत् पनि एक कार्य (कृत घटना) हो अतएव यसका पनि उपादान र निमित्त कारण हुनुपर्छ। केही मानिसहरू ईश्वरको जगतको निमित्त कारण र केही मानिस निमित्त र उपादान दुइटै कारण मान्दछन्। यस युक्तिको उत्तरमा अनीश्वरवादी भन्दछनः- यसको कुनै प्रमाण हामीसित छैन कि घट, पट र घडी सरह समस्त जगत् पनि कुनै समय उत्पन्न अथवा आरम्भ भएको थियो। यसको प्रवाह अनादि छ, अत: यसको स्रष्टा र उपादान कारणलाई खोज्ने आवश्यकता छैन। यदि जगतको स्रष्टा कुनै ईश्वर मानिलिएमा अनेक कठिनाइहरूको सामना गर्नु पर्नेछ; जस्तै:- उसले सृष्टि गर्नुमा के प्रयोजन थियो? भौतिक सृष्टि केवल मानसिक अथवा आध्यात्मिक सत्ताले कसरी गर्न सक्छ? यदि यसको उपादान कुनै भौतिक पदार्थ मानी लियौं भनें पनि ता उसले यसको नियन्त्रण कसरी गर्न सक्छ? उ स्वयं भौतिक शरीर अथवा उपकरणहरूको सहायताले कार्य गर्दछ अथवा बिना यसको सहायताले? सृष्टि नभई ती उपकरण र भौतिक शरीर कहाँबाट आए? यस्तो सृष्टिको रचना गर्नसित ईश्वरलाई, (जसलाई उसका भक्त सर्वशक्तिमान, सर्वज्ञ र कल्याणकारी मान्दछन्) के प्रयोजन छ, जसमा जीवनको अन्त मरणमा, सुखको अन्त दु:खमा संयोगको वियोगमा र उन्नतिको अवनतिमा हुने गर्छ? यस दु:खमय सृष्टिलाई बनाएर, जहाँ एउटा प्राणीलाई खाएर अर्को प्राणी बाँच्ने गर्छ र जहाँ सब प्राणी एक-अर्काका शत्रु छन् र आपसमा सब प्राणीहरूमा संघर्ष हुने गर्छ, यसमा उसलाई(ईश्वरलाई) के लाभ हुन्छ? यस जगतको दुर्दशाको वर्णन योगवासिष्ठको एक श्लोकमा राम्ररी दिएकोछ, जसको आशय निम्निलिखत छ–

कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरू छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ?

ईश्वरवादी एक युक्ति यो दिने गर्दछन् कि यस भौतिक संसारमा सबै वस्तुहरूभित्र, र समस्त सृष्टिमा, नियम र उद्देश्य सार्थकता पाइन्छ। यो कुरा यसको द्योतक हो कि यसलाई सञ्चालन गर्ने कोई बुद्धिमान ईश्वर छ यस युक्तिको अनीश्वरवाद यस प्रकार खण्डन गर्दछन् कि संसारमा धेरै घटनाहरू यस्ता पनि जसको कुनै उद्देश्य, अथवा कल्याणकारी उद्देश्य हुँदैन, जस्तै:- अतिवृष्टि, अनावृष्टि, अकाल, बाढ, आगो लाग्नु, अकालमृत्यु, बुढो हुनु, व्याधी आउनु र धेरै हिंसक र दुष्ट प्राणी। संसारमा जति नियम र ऐक्य देखिन्छ उति नैं अनियमितता र विरोध पनि देखिन्छ। यी कुराहरूको कारण खोज्नु त्यति नैं आवश्यक छ जति नियमहरूको र ऐक्यको। जसरी, समाजमा सबै मानिसहरूलाई राजा अथवा राज्यप्रबन्ध एक-अर्का प्रति व्यवहारमा नियन्त्रित राख्छ, त्यसै गरी संसारका सबै प्राणीहरूमाथि शासन गर्ने र उनीहरूलाई पाप र पुण्यको निम्ति यातना, दण्ड र पुरस्कार दिने ईश्वरको आवश्यकता छ। यसको उत्तरमा अनीश्वरवादी यो भन्दछन् कि संसारमा प्राकृतिक नियमहरूका अतिरिक्त र कुनै नियम देखिंदैन। पाप र पुण्यको भेद मिथ्या हो जो मनुष्यले आफ्नो मनले बनाएको हो। यहाँ सब क्रियाहरूका प्रतिक्रियाहरू हुन्छन् र सब कामहरूको लेखा बराबर हुन्छ। यसको लागि कुनै अर्को नियामक तथा शासकको आवश्यकता छैन। यदि पाप र पुण्यको लागि दण्ड र पुरस्कारको प्रबन्ध हुन्थ्यो तथा त्यसलाई रोक्ने र गराउने कुनै ईश्वर हुन्थ्यो; अनि पुण्यात्माहरूको रक्षा हुनेगर्थ्यो र पापात्माहरूले दण्ड पाउँथे भनें ईसामसीह र गांधी जस्ता पुण्यात्माहरूको नृशंस हत्या हुनेथिएन।

यस प्रकार अनीश्वरवाद ईश्वरवादी सूक्तिहरूको खंडन गर्दछ र यहाँ सम्म भन्ने गर्छ कि यस्तो संसारको सृष्टि गर्ने यदि कसैलाई मान्नुपर्छ भनें बुद्धिमान र कल्याणकारी ईश्वरलाई होइन, तर दुष्ट र मूर्ख शैतानलाई नैं मान्नुपर्छ।

पाश्चात्य दार्शनिकहरूमध्ये अनेक अनीश्वरवादी भइसके, र हुँदैछन्। भारतमा जैन, बौद्ध, चार्वाक, सांख्य र पूर्वमीमांसा दर्शन अनीश्वरवादी दर्शन हुन्। यी दर्शनहरूमा दिएको युक्तिहरूको सुंदर सङ्कलन हरिभद्र सूरि लिखित षड्दर्शन समुच्चयमाथि गुणरत्नद्वारा लेखिएको भाष्य, कुमारिल भट्टको श्लोकवार्तिक, र रामानुजाचार्यको ब्रह्मसूत्रमाथि लेखिएको श्रीभाष्यमा पाइन्छ।

धर्मले मनुष्यलाई बाटँने काम गर्छ। अतः ईश्वर केवल जनताको अफीम हो।

भारतीय दर्शनमा नास्तिक सम्पादन
भारतीय दर्शनमा नास्तिक शब्द तीन अर्थमा प्रयुक्त भएको छ।

(१) जसले वेद लाई परम प्रमाण मान्दैनन् उनीहरू नास्तिक हुन्। यस परिभाषाका अनुसार बौद्ध, जैन, र लोकायत मतका अनुयायी नास्तिक मानिन्छन् र यी तीन दर्शनलाई नास्तिक दर्शन भनिन्छ।

(२) जसले परलोक र मृत्युपश्चात् जीवनमा विश्वास गर्दैनन्; यस परिभाषा अनुसार केवल चार्वाक दर्शन जसलाई लोकायत दर्शन पनि भनिन्छ, भारतमा नास्तिक दर्शन मानिन्छ र त्यसका अनुयायी नास्तिक मानिन्छन्।

(३) जसले ईश्वर (खुदा, गड)को अस्तित्वमा विश्वास गर्दैनन्। ईश्वरमा विश्वास नगर्ने नास्तिक धेरै प्रकारका हुन्छन्। घोर नास्तिक उनीहरू हुन् जो ईश्वरलाई कुनै रूपमा मान्दैनन्। चार्वाक मत मान्ने भारतमा र रैंक एथीस्ट मानिसहरू पाश्चात्य देशमा ईश्वरको अस्तित्व कुनै रूपमा स्वीकार गर्दैनन्; अर्धनास्तिक उनीहरूलाई भनिन्छ जो ईश्वरको सृष्टि, पालन र संहारकर्ताको रूपमा मान्दैनन्। यस परिभाषाको अनुसार भारतका धेरै दर्शन नास्तिकका कोटिमा पर्छन्। वास्तवमा न्याय र वेदांत दर्शनहरूलाई छोडेर भारतका अन्य दर्शन सांख्य, योग, वैशेषिक, मीमांसा, बौद्ध र जैन नास्तिक दर्शन मान्न सकिन्छ किन भनें यिनमा ईश्वरलाई सर्जक, पालक र विनाशक मानिंदैन। यस्ता नास्तिकहरूलाई नै अनीश्वरवादी भनिन्छ।

नास्तिकतामा तर्क

कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरू छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ?

नास्तिकताको पक्षमा तर्क

ईश्वरको अस्तित्वको कुनै साबूत छैन। उसलाई हेर्न, सुन्न, महसूस गर्न सकिंदैन। प्रकृतिका सारा नियम कानुन विज्ञानद्वारा बुझ्न सकिन्छ। जगत र जीवनको उद्भव पनि विज्ञानले बुझाउन सक्छ। धर्मग्रन्थमा बकवास कुराहरू लेखिएकाछन्। पुराणका कथाहरू परीकथा जस्तै हुन्, जसको ऐतिहासिक प्रमाण छैन। यदि ईश्वर छ, भनें यस संसारमा यत्रो पाप, दुख र दर्द किन हुन्छ ? धर्मग्रन्थहरूले एक मनुष्यलाई अर्को मनुष्यसित अलग गरिदिएकोछ।

आधुनिक कालमा नास्तिक

नास्तिक अर्थात् अनीश्वरवादी मानिसहरू सबै देशहरू र कालहरूमा पाइन्छन्। यस वैज्ञानिक र बौद्धिक युगमा नास्तिकहरूको कमी छैन। अचेल धेरै कम बुद्धिजीवीहरू र विद्वान् हरू छन् जो नास्तिक (अनीश्वरवादी) छैनन्। नास्तिकहरू भन्दछन् कि ईश्वरमा विश्वास गर्ने आवश्यकता नैं छैन। सर्जक मान्ने आवश्यकता तब हुन्छ जब कि यो प्रमाणित होस् कि कुनै समय सृष्टिको उत्पत्ति भएको थियो। यो जगत् सदादेखि चलीरहेको देखिन्छ। यसको कुनै समयमा उत्पन्न भएको कुनै प्रमण छैन। उत्पन्न भयो भनें पनि यसको के प्रमाण छ कि यसलाई विशेष व्यक्तिले बनाएको हो, आफ्नो कारणहरूले स्वत: बन्यो होला। यसको चालक र पालक मान्ने आवश्यकता छैन किन भनें संसारमा यति साह्रो मारकाट, यत्रो नाश र ध्वंस तथा यत्रो दु:ख र अन्याय देख्ता यसको सञ्चालक र पालक कुनै समझदार र सर्वशक्तिमान् भगवान् मान्न सकिंदैन। संसारमा सर्जन र संहार दुइटै साथ साथ चल्दैछन्। यस कारण यो भन्नु व्यर्थ हुनेछ कि कुनै दिन संसारको पूर्ण संहार हुनेछ र यो गर्न ईश्वरलाई मान्ने आवश्यकता छ। नास्तिकहरूको विचारमा आस्तिकहरूद्वारा ईश्वरको अस्तित्वलाई सिद्ध गर्नका लागि दिएका सबै प्रमाण व्यर्थ छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved