बैशाष २६ काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधिसभाको बैठबमा सहभागी हुन र प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन् ।
माधव समूहले राजीनामा दिने चर्चा चलिरहेका बेला ह्वीप जारी भएको हो। माधव समूह र ओली समूहबीच छलफल भइरहेको छ। तर, हालसम्म कुनै सहमति भने जुटिसकेको छैन। आइतबार माधवकुमार नेपाल, विष्णु पौडेल र सुवास नेम्वाङबीच वार्ता भएको थियो। सो वार्ता फेरि बस्ने गरी सकिएको छ। तर, फेरि वार्ता भने शुरु भइसकेको छैन । पार्टीको विवाद समाधान नभए माधव समूहले राजीनामा दिने बताउँदै आएको छ ।











