Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

द्वन्दकालले सरकारसँग परिचय भएकाे खुल्लामुसेटी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 28, 2021
186 shares

महेन्द्रनगर। बीस वर्ष अघिसम्म गुमनाम थियो, खल्लामुसेटी । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फे–यो ।

बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीको भारतीय परनिर्भरता हटेको थियो । यद्यपि, केही दिनअघिको बाढीले खल्लामुसेटीलाई फेरि उही सेवा र सुविधाविहीन अनकन्टार गाउँमा परिणत गरिदिएको छ । भीमदत्त नगरपालिका–९ को उत्तर चुरे फेदीको सुन्दर गाउँ यतिबेला टुकीको सहारामा छ ।

यो बस्ती २०४२ सालमा बसेको हो । त्यसयताका कठिन दिनहरू सम्झनसमेत गाउँले चाहँदैनन् । त्यतिबेला सदरमुकाम महेन्द्रनगर आउजाउ सहज थिएन । टायरको ट्युबमा महाकाली तरेर किनमेल र रोजगारीका लागि भारतीय बजार टनकपुर र पिथौरागढ पुग्नु बाध्यता थियो । स्थानीय गणेश रोकाया सम्झन्छन्, “ती दिनहरू त कहाली लाग्दा थिए, सम्झन मन लाग्दैन । हाम्रो गाउँको विकासमा राज्यले विस्तारै ध्यान दिँदै गएको छ ।”

स्थानीयवासी कालुसिंह खड्काका अनुसार, पछिल्लो पाँच वर्षयता मात्रै गाउँको विकासमा राज्यको ध्यान पुगेको हो । पाँच वर्षमा बाटो, बिजुली, खानेपानी र सञ्चार सुविधा पाएको अनुभव उहाँको छ । सदरमुकाम महेन्द्रनगर र नजिकको बजार ब्रह्मदेवसँग सजिलै पहुँच स्थापित भएको छ । खड्का भन्नुहुन्छ, “यसपालिको कात्तिके बाढीले हामीलाई फेरि २० वर्ष पछाडि धकेल्यो ।”

खल्लामुसेटीलाई महाकाली किनारको सडकले सदरमुकामसँग जोडेको थियो । यतिबेलाचाहिँ बाढीले पाँच किलोमिटर सडक बगाएको छ । बिजुलीको पोल ढलेका छन् । सञ्चार सुविधा अवरुद्ध छ । स्थानीय धनबहादुर खड्काले भने “हामी फेरि उही पुरानै अवस्थामा फर्किएका छौँ ।” जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved