Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहकार्य नगर्दा शिक्षकले बिध्यार्थिकाे हातै भाँचिदिए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2021
66 shares

महेन्द्रनगर । यहाँस्थित लिटिल स्टार माध्यमिक विद्यालयका अंग्रेजी शिक्षकको कुटाइबाट एक जना बालकको हात भाच्चिएको छ । भीमदत्त नगरपालिका –६ ऐठपुरमा रहेको उक्त विद्यालयका शिक्षक प्रेमबहादुर चन्दले ९ वर्षिय बालक सन्देश देउवालाई लाठीले प्रहार गर्दा उनको हात भाचिएको हो ।

सन्देश कक्षा ४ मा अध्ययनरत छन् । मंगलबार दिउँसो चन्दले गृहकार्य नगरेको भन्दै कुटेको बालकका बुबा जनकले बताए । ‘शिक्षक चन्दले लाठीले हानेर मेरो छोराको हात भाचिदिए,’ उनले भने, ‘बाँया हातमा चोट लागेको छ ।’

शिक्षकको कुटाइबाट घाइते सन्देशको हातका औलाले राम्रोसँग काम गरिरहेका छैनन् । ‘बावुको हातको औंला चलिरहेको छैन्,’ बुवा जनकले भने, ‘बालबच्चाले केही कुरा सिकुन भनेर विद्यालय पठाउँछौं, शिक्षकले हात भाचेर घर पठाउँछन् ।’

महाकाली प्रादेशिक अस्पतालका डाक्टरले सन्देशको हातमा प्लाष्टर गर्न सुझाव दिएका छन् । ‘मंगलबार छोराको समान्य जाँच ग-यौं,’ उनले भने, ‘प्लाष्टरका लागि बुधबार बोलाएको छ ।’ शिक्षकको कुटपिटबाट बच्चाको मानसिकतामा समेत प्रभाव पारेको उनले बताए । ‘यसरी शिक्षकले विद्यार्थी कुट्यो भने हाम्रा बावु–नानी कसरी विद्यालय जालान,’ उनले भने, ‘बालकले गृहकार्य नगरेको भए हामीलाई भन्नु पथ्र्यो, त्यसरी कुटपिट गर्नु थिएन् ।’

कुटपिट गर्ने शिक्षकमाथि कारबाहीका लागि उनले वडा प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिने बताए । ‘मंगलवार बेलुका मात्रै थाहा पाए, उपचारमै व्यस्त भयौं,’ उनले भने, ‘बुधबार वडा प्रहरी कार्यालयले बोलाएको छ, कारबाहीका लागि निवेदन दिन्छौं ।’ कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘शिक्षकलाई कानूनी कारबाही हुनुपर्छ,’ उनले भने, ‘बालकको उपचारको जिम्मा पीडकले लिनुपर्छ ।’

शिक्षकले कुटपिट गर्ने उद्धेश्यले विद्यार्थीलाई नहानेको उक्त विद्यालयका प्रिन्सिपल शमरजंगबहादुर चन्दले बताए । ‘गृहकार्य नगर्ने विद्यार्थीलाई शिक्षक प्रेम चन्दले डराउन खोजेका रहेछन्,’ उनले भने, ‘भुलबश उनको हातमा डण्डा लाग्यो ।’ बालकका अभिभावकसँग माफी मागिएको उनले बताए । ‘शिक्षक र मैले अभिभावकसँग माफी मागिसकेका छौं,’ उनले भने, ‘त्यो सामान्य विषय हो, पीडित बालकको उपचार हामी गर्छौ ।’

आगामी दिनमा विद्यालयका शिक्षकले गल्ति नदोह-याउने चन्दले बताए । ‘जानीजानी कुटपिट गरेका होइनन्,’ उनले भने, ‘शिक्षकलाई कुटपिट नगर्न भनेको छु ।’ बालबालिकालाई अनुशासनको नाममा दण्डसजाय गर्न नपाइने नेपालको कानूनमा उल्लेख छ । बालबालिकालाई दण्डसजाय गर्दा तत्कालीन तथा दीर्घकालीन नकारात्मक असर पर्ने बालमनोविज्ञ बताउँछन् ।

दण्डसजायले बालबालिकालाई यस्तो असर गर्छ ?

दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्छन । आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ ।

साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा उनीहरूको मस्तिष्कमा चोट पुगी मृत्यु समेत हुन सक्दछ । सामान्य भनिएको शारीरिक दण्डसजाय भोग्नु पर्दा समेत बालबालिकाले हीनताबोध र अपमानित महसुस गर्दछन् ।

दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुग्ने भएकोले उनीहरूको बौद्धिक क्षमतामा समेत असर पर्दछ । उनीहरूमा आत्मविश्वासको कमी हुने, अभिभावक वा अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोचको विकास हुने जस्ता अवस्था सृजना हुन सक्दछ ।

दण्डसजायले बालबालिकालाई मात्र होइन, अभिभावकलाई पनि असर गर्दछ । आवेशमा आएर बालबालिकालाई शारीरिक वा मानसिक दण्डसजाय दिने अभिभावक पछि पछुतो मान्छन् । आफ्नो व्यवहारको कारण उनीहरू आफैँ पश्चात्ताप गर्छन् र अभिभावकको मानसिक स्वास्थ्यमा समेत असर पर्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved