Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा नेपाल लाई नेता कामीकाे खुल्ला जानकारी पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 20, 2021
159 shares

पार्टी अध्यक्ष उपेन्द्र यादव ज्यु।
पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ज्यु।
जनता समाजवादी पार्टी केन्द्रिय कार्यलय बालकुमारी ललितपुर

विषय:- जानकारी अनुरोध बारे ।

 

यहि मिति २८ गते नव रात्रिकाे दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

२०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक छ ।,

जसको कारण पछिल्लोपटक चितवनको भरतपुर महानगरपालिका वडा न.४ दुर्गाचोक नजिक वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका हिन्दु धार्मिक अतिवादी चिन्तनले ग्रस्त दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा, ढुङ्गा प्रहारबाट विश्वकर्माको मृत्यु भएको आम सञ्चार मार्फत यहाँ हरुलाइ सर्वबिधितै छ ।

उक्त घटना शिल्पी (कथित दलित)समुदाय माथि हुदै आएको विभेद दमन अन्याय अत्याचार पुर्ण हत्याहिंसाकै पराकाष्ठा पुन चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नम्बर ४ दुर्गा चोकमा दोहोरिएको छ उक्त घटना सुन्न साथ जसपा नेपालको एक नेताकार्यकर्ता र दलित मुक्तिको अभियानता हुनुको नाताले म आफै र जसपा नेपाल दलित मुक्ति संगठनका उपमहासचिव सन्त घताल प्रदीप सो स्थानमा पुगि पीडित परिवार र स्थानीय संग प्रत्यक्ष भेटी घटनाको बारे अध्यान अनुसन्धान गरियो ।

उक्त घटना घटनुको मुख्य कारण भिम विश्वकर्माले आफू हिन्दु धर्मको अनुवाइ रहेको र घटनाको दिन हिन्दु धर्मावलम्बीले प्रत्येक बर्ष मनाउने गरेको महान पर्व बडा दसैंलाई सफल बनाउन धार्मिक परंरा अनुसार नजिकै दुर्गाको पुजा गर्ने भएको हुदा मन्दिरमा शिल्पी (कथित दलितहरू) ले पनि पूजा गर्न पाउनुपर्छ भनेर स्थानीय दुर्गा मन्दिरमा पुगेका थिए ।

उक्त दिनमा हत्या गरिएका विश्वकर्माले मैले पनि दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउने क्रममा हत्यारा सिताराम बस्नेत क्षेत्रीले ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ दलित हरुलाइ निषेध गरिएको छभन्ने थाहा छैन भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउकोमा गिदी नै बाहिर निस्कने गरी बीभत्स हत्या गरेको घटना स्थाल र मृत्यक बिकका आफन्तहरुको भनाइलाई हामीले सार्वजनिक गरिसकाछौ घटना हिन्दुअतिवादी चिन्तनले ग्रसित मानसिकता बाट उत्प्रेरित रहि जातीय हिंसा गरि हत्या गरेको हाम्रो ठहर रहेको जानकारी अनुरोध गर्दछौं ।

यस घटना विरूद्व मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत अभियुक्त द्वय विरुद्ध किटानी जाहेरी दिइसकेको छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ तर बिगत देखिनै दलित समुदाय माथि हुने गरेका यस्ता प्रकारका घटना,मुद्दाका बिसय बस्तुलाइ बङ्याउने तोडमोड हुने र पीडितले न्याय नपाएको सम्मका घिणित कार्य भएका थुप्रै अनुभुती रहेकाले यो घटनामा लाई पनि कम्जोर बनाउन सक्ने स्थलगत निस्कर्स हाम्रो रहेको छ ।

आदरणीय अध्यक्षहरु , पार्टी पदाधिकारी ज्युहरु :
भाद्र १ देखि मंसिर मसान्तसम्मको ४ महिने बिसु अभियान सन्चाल गरेको हुनाले पार्टीका आम नेताकार्यकर्ता ब्यस्त छौ यसकारण इच्छा शक्ति तीब्र हुदाहुदै पनि समयका बाबजुद प्रत्यक्ष भौतिक रुपमा भेटी रिपोर्टिङ गर्न नसकेको कारण यसै सामाजिक संजाल मार्फत आदरणीय नेतृत्व र आम नेताकार्यकर्ता सबैमा चितवन घटनाको बारेमा जानकारी गराउदै निम्न कुराहरूलाई पार्टीको तर्फबाट न्यायका लागि तत्काल पहल कदमी लिइदिनुहुन जानकारी अनुरोध छ।

उक्त घटनाको न्यायीक छानबिनका लागि १शिल्पी(कथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति,२ धार्मिक कुसंस्कार र कुरितिको अन्त्यका लागि आवाज उठाउने क्रममा भिम विश्वकर्मा मारिएका हुनाले सास्कृतिक सहिद घोषणा ।,३ जसपा नेपालको तर्फबाट सरकार समक्ष पहल गरि पिडकलाइ हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय दिलाउदै आजिवन गाँस वास कपास शिक्षा स्वास्थ्य रोजगारको निम्ति विशेष गरिदिनुहुन पार्टी नेतृत्व संग जोडदार माग राख्दछौ।

…………………..
दलमर्दन कामी,अध्यक्ष
जसपा: शिल्पी विशेष राष्ट्रिय समिति
सान्त घताल ( प्रदीप )उपमहासचिव
जसपा नेपाल दलित मुक्ति संगठन

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved