– याेगेश श्रेष्ठ
त्यो जिवनलाई नजिकबाट नियालेको छु,
किन भने दुखिको निम्ति सहाराको लौरि बन्ने ब्यक्ति हुँ
म दुखलाई नजिकबाट नियालि रहेको छु,
किन भने दुखिकै घरमा जन्म लिएको ब्यक्ति हुँ


तर त्यसकै निम्ति अबिभावकको आँशु बहाउँन चाहँन्न
दुखकै काखमा हुर्कियको मानिस म,
सुखमा रमायर नाच्ने रहर भयपनि दुखमा कहिल्यै आतिन्न

संझना ताजै छ मेरो आँखामा अहिले पनि,
मेरो खुसिकोलागि ति मानिस सुतेन रहर पुगुन्जेलि
मनमस्तिस्कमा मेरो जिवितै छ अहिले पनि,
एक छाक चिउरा मात्र खायर मेराे खुसिकाेलागि हरपल लड्ने ती माहान ब्यक्ति मेरा ” बा”

















