स्कुल ताला लगाएर शिक्षक आन्दाेलनमा

काठमाडौँ । संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार गरेको र्‍यालीमा हजारौँ शिक्षक सहभागी बनेका छन्। महासंघले बुधबार माइतीघर मण्डलादेखि सुरु गरेको  र्‍यालीले माइतीघरदेखि  बानेश्वरसम्म यातायात ठप्प भएका थिए। र्‍यालीमा मुलुकभरका शिक्षक सहभागी बनेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध […]

विद्यालय शिक्षासम्बन्धी विधेयकमा बोर्डको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान […]

अरुणोदय मा.वि. ले सांगीतिक कार्यक्रमहरुका साथ मनायो बालदिवश

हिमांशु राय ,मोरङ- बेलबारी । आज भदौ २९ अर्थात ५९ बालदिवस को अवसर पारेर पथरीशनिश्चरे वडा नं १० मा रहेको अरुणोदय मा वि ले विभित्र सांगीतिक कार्यक्रमहरु गरेर मनाएको छ । कार्यक्रममा गायन तर्फ कक्षा ६ की इसा लिम्बु प्रथम, कक्षा ४ को रुङनीमा राई दोस्रो र कक्षा ६ कै सिसम राई तेस्रो भएका हुन्। […]

ग्रेस इन्टरनेशनल एजुकेशनद्वारा विद्यार्थीलाई निशुल्क परामर्श

डिकेनद्र बस्नेत, झापा।  ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिसद्वारा विद्यार्थीलाई निशुल्क परामर्ष तथा अभिभावकको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ। वैदेशिक अध्ययनमा फरक पहिचान बनाउन सफल साथै गुणस्तरीय शिक्षाका कारण ग्रेस इन्टरनेशनल एजुकेशन अहिले कयौंको रोजाईको संस्था बन्दै आएको छ। पूर्वको विर्तामोडमा आईतबारबाट सुरु गरिएको यो कार्यक्रमलाई ग्रेसले एजुकेशन फेयरको नाम दिएको छ । यसको […]

दमकमा प्याव्सनको ‘इसीए ’कार्यक्रमको तयारी पूरा

डिकेन्द्र बस्नेत, झापा।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) दमकले यहि २३ भदौमा आयोजना गर्ने अतिरिक्त सहपाठ्यक्रम सम्बन्धी प्रतियोगितात्मक कार्यक्रम (इसीए ) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्याव्सन दमकले आज विहान पत्रकार सम्मेलन गरि अघिल्ला बर्षझै यसवर्षपनि इसीए कार्यक्रम भव्य रुपले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्याव्सन […]

एसिया कप क्रिकेट प्रतियोगिता हेर्न विद्यालय बिदा

काठमाडौं ।एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ। यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली […]

४१ स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

चितवन । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ […]

विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीको रूपमा परिणत हुनुपर्ने भनेको हो । ‘ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका […]

दमक नगर पालिकाद्वारा१२ लाख रुपैयाँ छात्रबृत्ति वितरण

डिकेन्द्र बस्नेत, झापा । दमक नगरपालिकाले नगर भित्रका ७५ जना विपन्न समुदायका विद्यार्थीलाई १२ लाख रुपैयाँ छात्रबृत्ति उलब्ध गराएको छ । कक्षा ११ देखी मास्टर डिग्री सम्म अध्ययन गर्ने बिद्यार्थिहरुलाई छात्रबृत्ति उपलब्ध गराईएको नगरपालीकाका शिक्षा शाखा अधिक्रित सोमनाथ गुरागाईंले जानकारी दिनुभयो । बिद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गर्दै नगर प्रमुख राम कुमार थापाले नगर भित्रका कसैले पनि […]

सीटीईभीटीले बढाएको शैक्षिक शूल्क तत्काल लागू नगर्ने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीले बढाएको शैक्षिक शूल्क तत्काल लागू नगर्ने भएको छ । बिहीबार एक सूचनामार्फत् उक्त जानकारी दिएको हो । ग त शुक्रबार शैक्षिक शूल्क वृद्धि गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । उनीहरुले आफ्नो दबाब र चरणबद्ध आन्दोलनपछि सीटीईभीटीले शैक्षिक शूल्क घटाएको दाबी समेत […]