शिक्षकहरु फेरि आन्दाेलनका लागि सडकमा उत्रने तयारीमा

काठमाडौं । आन्दाेलनरत शिक्षक र सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको गम्भीर आरोप लगाउँदै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन समितिलाई बुझाएसँगै महासंघले शिक्षकमारा प्रतिवेदन ल्याएको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको हो । यद्यपि, महासंघले आन्दोलनको स्वरूप भने स्पष्ट पारिसकेको छैन । गत चैत ८ […]

सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

काठमाडौ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो । सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिनुभयो । उहाँले […]

धनगढीमा नक्कली बिद्यार्थी पक्राउ

धनगढी । धनगढीमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

अभिभावकको दबाबपछि खुल्न थाले इलामका सामुदायिक बिद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि […]

बैज्ञानिक शिक्षा सँगै व्यवहारिक शिक्षामा अघि बढ्दै एभरेष्ट बाेर्डिङ स्कुल

भक्तपुर। दिन जन्म दिने आमाप्रति अगाध प्रेम र श्रद्धा व्यक्त गर्ने मातृ औंशी परेको सन्दर्भमा एभरेस्ट भक्तपुर स्कुलमा जे .के. जी का विद्यार्थीहरुका आमाहरुको उपस्थितिमा मातृ औंशी भब्य र सभ्य रुपमा मनाइयो । यस कार्यक्रमको मूख्य उद्देश्य नानी र आमा बिचको सम्बन्ध अझ प्रगाढ हुनसकोस रहेको कुरा स्कुलका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले बताउनुभयो । […]

कक्षा १२ को परीक्षा २१ वैशाखबाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आउँदो बिहीबारबाट हुने परीक्षा अब २१ वैशाखबाट हुने भएको […]

सामुदायिक स्कुलका बिद्यार्थी निजी स्कुल जानथाले

काठमाडौँ । शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् । उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् । जसले गर्दा यतिवेला देशभरका सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ । विद्यार्थी भर्ना अभियानदेखि […]

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, के हुन्छ त १२ काे परीक्षा ?

काठमाडौँ । देशभर शिक्षक आन्दोलनका कारण अन्योलमा परेको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार अहिले बिहान ८ बजे बैठक बोलाइएको छ । शिक्षक आन्दोलनका कारण परिक्षाको तयारी गरेका ५ लाख विद्यार्थी अन्योलमा परेका छन् । सोहि कारण बैठकले परीक्षा तोकिएकै मितिमा गर्ने वा […]

शैक्षिकसत्र सुरु हुँनैलाग्दा पनि किताब गाेदाममै, कहिले पुग्छ स्कुलमा?

काठमाडौं। कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब […]

मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षक जिम्मेवारी मुक्त

वीरगन्ज । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र […]