फिलिपिन्ससँग गोलले नेपाल पराजित

काठमाडौं। नेपाल महिला फुटबलमा फिलिपिन्ससँग पराजित भएको छ । ८९ मिनेटसम्म अग्रता लिएको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा पराजित भएको हो । आज उज्बेकस्तानमा भएको एसियन कप २०२२ को छनोटको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १०औं मिनेटमा अग्रता लिएको थियो । विमला चौधरीको गोलले नेपाल जीत नजिक पुगिसकेको थियो । खेलको ९०औं मिनेटमा फिलिपिन्सकी थानिया […]
त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै

काठमाडौँ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबारको खेलमा नेपालले […]
लिड्सलाई लिभरपुलले ३-० ले हरायो

मोहम्मद सलाहले इंग्लिस माथिल्लो डिभिजनमा गरेको सयौं गोलमा लिभरपुलले लिड्समाथि आइतबार ३–० को शानदार जित निलेको छ । यस जितसँगै प्रिमियर लिग उपाधि होडमा लिभरपुलले आफूलाई कायम राखेको छ । लिभरपुलको जितमा इजिप्टका फरवार्डले पहिलो गोल गरेपछि फाबिनो र साडियो मानले एक-एक गोल थपे । लिग तालिकामा चार चरण समाप्त हुने क्रममा तीन टिम समान […]
गनन्जय र सुस्मितालाई स्वर्ण

गनन्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा […]
बार्सिलोनाका ब्रेथवेट चार महिना मैदान बाहिर

क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए । चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा पनि […]
नेपाललाई घातक बन्न सक्ने अमेरिकाका पाँच खेलाडी

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक सिरिजअघि नेपाल र अमेरिका दुबैले पपुवा न्युगिनीसँग २-२ ओडिआई खेल खेलेका थिए । नेपाल र अमेरिकाले पपुवा न्युगिनीसँग दुबै खेलमा जित हात पारेका थिए । अमेरिका […]
जोकोभिचलाई हराउँदै मेदभेदेब युएस ओपनको नयाँ च्याम्पियन

शीर्ष वरीयताका सर्वियन टेनिस स्टार नोभाक जोकोभिचमाथि एकपक्षीय जित निकाल्दै रसियन डानिल मेदेभेदेव युएस ओपन टेनिसको च्याम्पियन बनेको छ । दोस्रो वरीयताका मेदेभेदेवले जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै युएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा मेदेभेदेवले शीर्ष वरीयताका जोकोभिचलाई कुनै पनि सेटमा खुलेर खेल्न दिएनन् । […]
रियल म्याड्रिड ५६० दिनपछि बर्नाबेउ फर्कदै

स्पेनिस महारथी क्लब रियल म्याड्रिड झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा फर्कदैछ । स्पेनिस ला लिगामा आज (आइतबार) रियलले सेल्टा डि भिगोको आतिथ्यता गर्दाको खेल यही ‘आइकोनिक’ सान्टियागो बर्नाबेउमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । रियलले बर्नाबेउमा अन्तिमपटक ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० मा ‘एल […]
यूएस ओपन टेनिस: १८ वर्षीया एम्मा राडुकानुको अविश्वसनीय विजय यात्रा

एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६-४, ६-३ ले हराएकी थिइन्। ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी […]
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ […]
