क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। मुलुकको वर्तमान आर्थिक अवस्थाबारेमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिँदै विद्यमान समस्याका बारेमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा हालै सबै पक्षलाई डाकेर मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरीब किसानहरूले बैंकको ऋण नपाएको बताए । ‘ऋण दिन बैंकहरूलाई […]

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिने १२ जना

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ।अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन […]

२१ कम्पनिका मालिक तामाङले ११सय घरबेचेकाे पैसा काहाँ लगे त? प्रहरी भन्छ,औपचारिक बाटाेबाट बिदेशलगेकाे देखिएन

खिलानाथ ढकाल काठमाडौं,सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ। सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले सो बराबरको बिगो तयार पारेको हो। ‘अब १० दिनभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने हाम्रो तयारी छ,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह […]

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य !

काठमाडौँ। बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो ।   पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो […]

शेयर बजारमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ […]

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

काठमाडौ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको […]

चाडपर्व सँगै आकाशियाे प्याजकाे मुल्य

काठमाडौं। भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते […]

निजि क्षेत्रलाई पनि भारतमा बिजुली बिक्रिकालागि सहभागी गराउन माग

काठमाडौं। ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धीदरमा विद्युत् विक्री गर्न नेपाललाई स्वीकृति दिएको छ । उक्त सन्दर्भमा निजीक्षेत्रका ऊर्जा व्यवसायीहरूले यस्तो माग गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पानले) बुधवार […]

बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध चयन

काठमाडौ । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् । अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले […]

सुरुगर्यो नेपालले भारतलाई बिजुली निर्यात

नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ। पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। उनका अनुसार आज १२ बजे रातिदेखि ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको हो। ‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं। क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत […]