इच्छाराजलाई सञ्चयकाेषकाे ३५ दिने सूचना, ऋण नतिरे सीटीसी मल लिलामी हुने

काठमाडौँ । कर्मचारी सञ्चयकोषले सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिभित्र ऋण नतिरेमा धितो राखिएको सुन्धारास्थित ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरु (सीटीसी मल) लिलामी/बिक्री गरी असुल गरिने कोषले जनाएको छ । साथै उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल […]
विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार शनिबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रीदर […]
विकास खर्च महामारीको समयमा भन्दा कमजोर

काठमाडौं । गठबन्धन सरकारले विकासको गतिलाई तीव्रता दिने आफ्नो न्यूनतम साझा कार्यक्रमदेखि बजेट प्रतिस्थापन विधेयकमार्फत घोषणा गरे पनि त्यसको कार्यान्वयन पक्ष भने निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ शुरू भएको ४ महीनामा विकासको गति महामारीको सयममा भन्दा पनि बढी कमजोर देखिएको छ । आर्थिक वर्ष शुरू भएको पहिलो ४ महीना बितिसक्दा […]
स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ: प्रवक्ता उपाध्याय

पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम […]
सिभिल बैंकको अध्यक्षमा पाण्डे चयन

काठमाडौं । सिभिल बैंक लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा संचालक प्रतापजङ्ग पाण्डे चयन भएका छन् । मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद […]
स्वास्थ्य र शिक्षाक्षेत्रबाट नाेबेलले तिर्याे मुलुककै उच्च कर,राजश्वले गर्याे सम्मान

काठमाडौं । शिक्षा तथा स्वास्थ्य सेवा प्रदायक नेपालमा विभिन्न संघ संस्थाहरु छन् भने हस्पिटलहरु अनगिन्ति रहेकाे छ। यसै हस्पिटलहरु मध्यबाट पनि नेपाल सरकारलाई कर तिर्नेहरुकाे सुचिमा सुचिकृत हुँदै बिराटनगर स्थित नाेवेल मेडिकल कलेज टिचिङ हस्पिटलयाे बर्ष पनि सम्मानित भएकाे छ। नाेवेलले आर्थिक बर्ष २०७६/७७मा स्वास्थ्य क्षेत्र काे उत्कृष्ट करदाता बन्दै सम्मानित भएकाे छ। दशऔँ राष्ट्रिय […]
१० औँ राष्ट्रिय कर दिवस आज मनाइँदै

काठमाण्डाै । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ । आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो । […]
अर्थतन्त्रका सूचकमा मिश्रित संकेत

चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा […]
भ्रष्टाचार घटेन ,अख्तियारमा उजुरीको चाङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ । सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी मात्रै फछ्र्योट भएका छन् । जुन कुल उजुरीको ६४ दशमलव २३ प्रतिशत मात्र हो । सो […]
बिजुली पाएपछि २० अर्ब लगानी थप्दै होङ्शी

व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू. ३६ अर्ब लगानी भइसकेको छ । २०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट […]
