मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा परासीमा

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा संचालनमा ल्याएको हो । यस मेगा बैंकको २०३औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । file photo

आजको बिनिमाया दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ७५ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ […]

बाहिरिँदै राजस्व छलीका अनेक रूपहरु

काठमाडौं । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा […]

लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ थप नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति २०७८ मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा […]

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं। नेप्सेमा आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको १७ […]

संगठित वित्तिय ठग इच्छाराज पत्नि सिर्जनालाई पक्राउगर्न प्रहरीद्वारा वारेन्ट

काठमाडौं । संगठित वित्तीय अपराध र ठगी मुद्धामा परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिर्जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सीआईबीका प्रमुख, डीआईजी धीरज प्रताप सिंहले मुख्य अभियुक्त नै सिर्जना भएको ठहर गर्दै उनलाई पक्राउ […]

नागरिककाे अरबाैँ संकलनगरि बैँकमा थुपारेर ब्याजखाने काममात्र सामाजिक सुरक्षा

काठमाडौं । निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ । तर, स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागिता भने अझैसम्म उल्लेखनीय रूपमा बढ्न सकेको छैन करीब ४ वर्षको अवधिमा कोषमा १५ हजार ८ सय ३१ रोजगारदाता र २ लाख ९५ हजार ७ […]

सबै काराेबार अर्कैलाई बुझाएर बेलायत भाग्ने तयारिमा थिए अठि आराेपित तामाङ

खिलानाथ ढकाल । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनासँग ५ अर्ब ५९ करोड १३ लाख ६८ हजार ५३९ रुपैयाँ बिगो दाबी गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याएको हो। अहिले प्रहरी र सरकारी वकिलबीच उक्त प्रतिवेदनमाथि छलफल भइरहेको […]

राजश्व चुहावटराेक्न (भीसीटीएस) लाई थप प्रभावकारि बनाउँदै सरकार

वीरगञ्ज। व्यापारिक गतिविधिलाई पारदर्शी बनाएर राजस्व चुहावट रोक्ने अभिप्रायले लागू गरिएको भेइकल्स एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप प्रभावकारी बनाइने भएको छ । भीसीटीएस लागू भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका बेला राजस्व अनुसन्धान विभागले यो प्रणालीलाई थप कसिलो बनाउन लागेको हो । भन्सारबाट प्रवेश गरेका ढुवानीका साधन र […]

आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर […]