सरकारले रु १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह […]

माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको गुनासाे : न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ??

चितवन ।  चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ। चितवनमा यहि जेष्ठ १२ गतेबाट जारी ५ दिने अन्तराष्ट्रिय ‘आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ कार्यशाला प्रशिक्षणका सहभागीहरु, स्थानीय सञ्चारकर्मी, बोटे संरक्षण अभियन्ता, अनुसन्धानकर्ता […]

बजेट भाषण: रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन

काठमाडौं । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यका साथ उक्त रकम विनियोजन गरिएको बताए। सरकारले चालू आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ […]

काठमाडौंबाट बाहिर स्थानान्तरण हुन चाहने उद्योगलाई सरकारले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने

काठमाडौं । काठमाडौंबाट बाहिर स्थानान्तरण हुन चाहने उद्योगलाई सरकारले निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा प्रदूषण कम गर्ने उद्देश्यले स्थानान्तरण हुने उद्योगलाई उक्त सुविधा प्रदान गरिने बताए। उनले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडासमेत घटाइने बताए। भिडियो याे 👇️👇️ लिङ्कमा छ: https://www.youtube.com/live/m793XhZYSr8?si=_ajRwUut-OjGlIWq

सङ्घीय संसद्काे संयुक्त बैठक आज ३ बजे बस्दै, अर्थ मन्त्रीले बजेट पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्ने कार्यसूची छ । आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्दैछन् । प्रतिनिधिसभाको दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख […]

आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो । सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० […]

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ। उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको हो। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति […]

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ । आज प्रस्तुत […]

नेतालाई गभर्नर बनाकाे भन्दै रिट दायर

काठमाडौं । नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ। गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबफसहित गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरिएको हो। […]

राजिनामा मात्र हैन गृहमन्त्री लेखक जि बयानका लागि तयार हुनुपरेछ: माओवादी नेता दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन […]