पतञ्जली जग्गा प्रकरणले सूर्यविनायक नगर प्रमुखकाे पद चैट

भक्तपुर ।  पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल संगै भक्तपुरको सूर्यविनायकका मेयर बासुदेव थापा निलम्बित भएका छन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि थापाको पनि हातखुट्टा बाँधिएको हो। नेकपा एमालेबाट सूर्यविनायकको मेयरमा निर्वाचित थापाले पतञ्जलीको हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेका थिए। थापाको नाममा पतंजलीको साढे ७ रोपनी जग्गा फेला परेको हो। भ्रष्टाचारको अभियोग लगाएर मुद्दा […]

पतञ्जली जग्गा प्रकरणमा म निर्दाेष छु: पूर्व प्रधानमन्त्री नेपाल

file photo

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताउनुभयो । अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम […]

रौतहटमा माैलाएकाे तस्करीको सञ्जाल 

मेवालाल यादव,राैतहट। रौतहटको सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करीमा व्यापक वृद्धि हुन थालेको छ। पछिल्लो समय रौतहटको मुख्य नाका गौरसँगै अन्य सहायक नाकाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो। सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार बैरगनियाबाट रौतहटको मुख्य नाका गौर भएर भारतीय ट्याम्पोमा प्रहरीकै संलग्नतामा […]

नेपाली जनतालाई ऋण बाेएकार घ्यू भात खान भ्रष्टाचार गर्ने सबैलाई कानुनि दायेरामा ल्याउनु पर्छ: माननीय प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका एकला सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने  बताएका छन्। प्रतिपक्ष दलहरुकाे अवराेधका कारण हलमा बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए। उनले नेपालको […]

मृगौला पीडितको निम्ति आर्थिक सहयोगको आव्हान्

कृष्ण कुँवर ।  मोरङको लेटाङ नगरपालिका वडा नं. ८ निवासी ३९ वर्षीय खगेन्द्रप्रसाद पाण्डेको दुवै मृगौलाले काम नगर्दा उपचारको अभाव हुँदा समस्यामा परेका छन्। पाण्डेको दुवै मृर्गौलाले काम नगरेपछि बिर अस्पताल, काठमाडौंस्थित नेफ्रोलोजी विभागले जारी गरेको चिकित्सकिय प्रमाणपत्र अनुसार उनी हाल क्रोनिक किड्नी रोगको पाँचौं तहमा छन्, जसको अर्थ हो- मृगौलाको कार्यक्षमता पूर्णरूपमा समाप्त भईसकेको […]

नेपाल बायुसेवा निगममा भएकाे भ्रष्टाचारको छानविनका लागि अख्तियारमा उजुरि दर्ता

काठमाडौ ।  राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। राष्ट्रीय मातृभुमी पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलिले उजुरी दर्ता गराएको हो। बर्षौ देखि भ्रष्टाचार मौलाउदै गएको नेपाल बायुसेवा निगममा कुनै पनि अधिकारीहरु माथि कारवाही हुन नसको हुदा भ्रष्टाचारी बिरुद्ध उजुरी दर्ता […]

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक समारोहकावीच भएको समझदारीपत्रमा कलेजकातर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी तथा अस्पतालकातर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरे । आपसी सहकार्य, छात्रबृति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको […]

डा. पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने

काठमाडौँ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा  उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते पौडेलको […]

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरू हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि […]

राष्ट्र बैंकको अडान : बैंकर र व्यवसायी छुट्याएरै छाड्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विधेयक प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा सरोकारवालहरूसँग छलफल जारी छ । अर्थ समितिले बैंकिङ विज्ञ, निजी क्षेत्र र सरोकारवालाहरूसँग समेत छलफल गरिसकेको छ । त्यही क्रममा सोमबार समितिले गभर्नर डा.विश्वनाथ पौडललाई बोलाएर विधेयकका विषयमा छलफल गरेको छ । सरकारले विधेयकमा जुनसुकै बैंकको चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर […]