कोरोनाविरुद्ध लड्दै खोटाङका स्थानीय तहःपिसिआर रिपोर्ट अनिवार्य, आइसोलेसन अस्पताल निमार्ण तयारी-भिडियो सहित

उमेश भुजेल –बैशाख३१, दिक्तेल । खोटाङका स्थानीय तह कोरोना महामारी नियन्त्रणका लागि जुट्न थालेका छन् । हरेक स्थानीय तह केन्द्रको मुख नताकि आफै जिम्मेवार भएर कोरोना संक्रमण नियन्त्रण र प्रतिकार्यमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरु कतै सुविधायुक्त अस्पताल निमार्णमा जुटेका छन् । केहि स्थानीय तह निर्माण गर्ने प्रक्रियामा छन् । अधिकांश स्थानीय तहले आइसोलेसन […]

कोभिड १९का बिरामीलाई घरदैलोमै सेवादिँदै रामग्राम नगरपालिका का मेयर गुप्ता

ज्ञानेश्वर सहानी- नवलपरासी ३० बैशाख।पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने कामको आजबाट थालनी गर्नुभएको छ । नगरपालीकाले कोविड १९ संक्रमीत भई होमआईसोलेसनमा रहेका नगरपालीका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधी सहित स्वास्थ्य […]

अक्सिजन अभाबकै कारण ग्रीन सिटीअस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने

वैशाख २९ , काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो । हाल आईसीयूमा १० […]

अक्सिज अभाबको कारण भक्तपुरका अस्पातलहरुमा बिरामीहरुको छटपटि

बैशाख २९, भक्तपुर।भक्तपुरका प्राय अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परिरहेको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर […]

अक्सिजन अभाब को कारण अस्पतालबाट निकालिए बिरामी

  बैशाख २९, कठमान्डु । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान हस्पिटलले सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो […]

CCMC बैठक साथै अक्सिजन कम्पनिहरुमा अनुगमन

बैशाख २९,काठमाण्डु । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोभिड १९ संक्रमितको […]

पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’को निःशुल्क उपचार गर्न नेपाल पत्रकार महासंघकाे सरकारलाई ध्यानाकर्षण

काठमाडौ । नेपाल पत्रकार महासंघले पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बीमा र इन्टरनेट सुविधाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रहसमेत गरेको छ। महासंघको दोस्रो […]

अघिल्लो बर्षलाई सम्झाउदै जेठ् १३, सम्मा थपियो -खाध्यान्न र तरकारी पसल १० बजेसम्मा खोल्नपाईने

बैशाख २७ , काठमाण्डाै।काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत ले बातए । निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै […]

खोटाङमा एकै दिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  बैशाष २६, दिक्तेल। खोटाङ जिल्लामा एकै दिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा ११ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ र साकेला गाउँपालिकामा ४ जना गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आइतबार गरिएको एन्टीजेन परीक्षणमा उनीहरुलाई कोरोना देखिएको जिल्ला स्वाथ्य कार्यालय खोटाङका […]

हाम्रो सिफारिस बिना आक्सिजन न बच्नोस – स्वास्थ्य मन्त्रालय

काठमाडौँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसबिना अक्सिजन ग्यासको सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।   मन्त्रालयको विपद् व्यवस्थापन एकाइ […]