राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव २०७७/७८ को […]
विद्युत् खपतमा वृद्धि, बिहारबाट महँगो बिजुलीको आयात बढ्यो

रवीन्द्र घिमिरे,काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत प्राधिकरणका […]
उमेशको पक्षमा उभिए गोल्छा : निजी क्षेत्रका कुशल व्यवस्थापकले राजनीति गर्न मिल्दैन् ?-शेखर गोल्छा

काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि चर्को आलोचना भइरहेको बेला नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उमेशको पक्षमा उभिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उमेशलाई राज्यमन्त्री बनाउने सरकारी निर्णयप्रति आइरहेको आलोचनाको प्रतिवाद गर्दै निजी क्षेत्रका कुशल व्यवस्थापकले किन राजनीति गर्न तथा मन्त्री हुन हुँदैन् ? भन्ने ढंगले प्रश्न उठाएका […]
ह्वात्तै बढ्यो जग्गामा बैंक को लगानी

काठमाडौं । अर्थविदहरूले सबल अर्थतन्त्रका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइरहेको बेला बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गा कारोबारमा निरन्तर बढिरहेको पाइएको छ। घरजग्गा कारोबारले सीमित व्यक्तिलाई रोजगारीसम्म दिन सक्ने भए पनि उत्पादनमूलक क्षेत्रमा कुनै योगदान नपुर्याउने भन्दै लगानीको ढाँचा परिवर्तन गर्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको हो। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म […]
फेरि बल्झियो बङ्गलादेश बैंकको जग्गा खरिद प्रकरण

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको जग्गा खरिद प्रकरण फेरि एक पटक विवादका रुपमा ब्युँतिएको छ । नेपाल राष्ट्र बैंकले पठाएको पत्रको जवाफ प्रमुख कार्यकारी अधिकृतले सुटुक्क लेखेर पठाएपछि बैंकका कतिपय सञ्चालकहरू आक्रोशित बनेका छन् । यो विषय फेरि सतहमा आउनुको कारण चाहिँ सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले सञ्चालक समितिलाई जानकारी नै नदिई राष्ट्र बैंकलाई जवाफ पठाएकोले […]
एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपबाट नै आईपीओ भर्न पाइने सविधा ल्याएको छ । आफ्ना ग्राहकहरूको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोल्नुभएका एवं यस […]
२६ पुल भत्किदा, क्षति एक अर्बनजिक

काठमाडौं। यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल […]
नेपाल विद्युत प्राधिकरणको नाफा आधा घट्यो-कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत […]
तीन बर्षमा पनि पत्तालागेन निर्मलाको हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ। घटनाको निरन्तर अनुसन्धान […]
सिडीयमए सिम प्रयोगकर्ताहरुलाई आकर्षक सुबिधा दिदै नेपाल टेलिकम

काठमाडौं । सीडीएमए मोबाइल हुनेहरुको लागि नेपाल टेलिकमले आकर्षक अफरसहितको प्योकज ल्याएको छ । आफूसँग भएको सीडिएमए मोबाइललाई जीएसएम मोबाइलमा रुपान्तरण गर्नेका लागि टेलिकमले यस्तो अफर ल्याएको हो । यसरी मोबाइल ट्रान्सफर गर्नेलाई नयाँ प्राप्त हुने जीएसएम प्रिपेड सीममा ६ महिनासम्म ३०० मिनेट कल, ३०० वटा एसएमएस र ४ जीबी डाटा निशुल्क उपलब्ध हुनेछ । […]
