युनिक नेपाल लघुवित्तकाे सेयर रजिष्टार मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई मर्जर गरे पश्चात बनेको कमपनीको सञ्चालक समितिको […]
उद्योग वाणिज्य सङ्घ रोल्पाको अध्यक्षमा आचार्य निर्वाचित

रोल्पा ।उद्योग वाणिज्य सङ्घ रोल्पाको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए । सङ्घको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । […]
विश्व बैंक बाहिरिए पनि आयोजनाको काम नरोकिने

काठमाडौं। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]
खुल्ला त चिन सँगकाे नाका !

काठमाडौं। नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन । नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो […]
पेट्रोलियम पदार्थको ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी

काठमाडौं । पेट्रोलियम कारोबार गर्ने संस्थाहरुले ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । आज संयुक्त विज्ञप्ती जारी गर्दै पेट्रोलियम कारोबार गर्ने निजि संस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत्र ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका […]
नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । […]
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो

खोटाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अंक ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो । ६३.०७ अंक ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो, ६२.२० अंकसहित बराहपोखरी तेस्रो, ५८.३८ अंकसहित खोटेहाङ चौथो, ५७.०२ अंकसहित साकेला […]
धाटा कमगर्न आयल निगमद्वारा आन्तरिक र बाह्य खर्च कटाैति,कर्मचारि पाेसाक खर्च सँगै पम्पकाे कमिसन हट्याे

काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले […]
समाधान हुँदै तरलता समस्या

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ । फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको […]
भोजपुरमा कम्युनिस्ट सांसदले यसरी छरे भ्रम, कांग्रेसका मेयरले प्रमाण सहित गरिदिए पर्दाफास (प्रमाण सहित)

भोजपुर । कम्युनिस्टहरु जनतालाई भ्रमित पार्न कति सिपालु हुन्छन् भनेर अब प्रमाणित गरिरहन पर्ने अवस्था छैन। उनीहरुका कामले नै यसको पुष्टि गरेको छ। आफ्नो स्वार्थ र अनुकुलताका लागि भ्रम छर्नु कम्युनिस्टहरुको मुल प्रवृत्ति नै हो। राष्ट्रिय योजनाका सन्दर्भमा हुन् वा स्थानीय स्तरमा यो प्रवत्ति झाँगिदै गएको छ। आफ्नो स्वार्थ अनुकल भए राष्ट्रिहित र आफ्नो स्वार्थ अनुकुल […]
