राष्ट्र बैकका १८ औँ गभर्नर पाैडेलले लिए सपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गर्नुभएको छ । गभर्नर पौडेललाई बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।
तिरेनन् मधेश प्रदेशका मुख्यमन्त्री सतिले कुमारी बैककाे ४२ कराेड ऋण

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुमारी बैंकबाट लिएको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले ३५ दिने सूचना निकालेको छ। सिंहले कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरेको हो। ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा ऋणी मुख्यमन्त्री सिंहलाई बैंकले पटक-पटक ताकेता, मौखिक तथा लिखितरुपमा […]
अर्थशास्त्री डा. विश्व पौडेल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त

काठमाडौं । लामो समयदेखि राजनीतिक रस्साकस्सी र ढिलाइका बीचमा अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अन्ततः टुंगिएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पौडेलको नियुक्ति सार्वजनिक गरेका हुन्। गभर्नर नियुक्तिको विषयमा मंगलबार […]
रत्ननगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेज द्वारा घर निर्माण

चितवन । पर्यटकीय नगरी सौराहाको काखमा रहेको ओद्रा सुकुमबासी बस्तीमा बस्दै आएकी इन्दिरा अधिकारीको पक्की घरमा बस्ने सपना पूरा भएको छ । गरिबीका करण राम्रो घर बनाउन नसक्दा झुप्रोमा बस्दै आएका अधिकारीजस्ता अन्य परिवारले जंगली जनावर र बाढीको त्रासमा जीवन बिताइरहेका थिए । बस्तीमा सात सुकुमबासी परिवारले पक्की घर पाएका छन् । शौचालय नभएर समस्या […]
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघ्याे

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप ४३ खर्ब १७ अर्ब ५२ करोड ९ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिना अवधिमा सर्वसाधारणको निक्षेप ६.९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ५ करोड १८ लाख रूपैयाँले वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ५ करोड १८ लाख रूपैयाँले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको नाफा ५ करोड १८ लाख रुपैयाँले वृद्धि भएको हो । कम्पनीले यस अवधिमा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत […]
संसदमा गणेश पराजुलीकाे प्रस्न,शहकारी ठगि गर्ने जिबि राई खाेई?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् । त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र […]
बाढिले बिगारेकाे बीपी राजमार्ग पुननिर्माण गर्न जाइकाले २ अर्ब ८० करोड जापानी येन अनुदान दिने

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ । सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार उक्त रकम अनुदान दिने भनेर प्रारम्भिक मस्यौदा प्राप्त भएको छ । ‘त्यसमा राय सुझाव दिनुपर्ने हुन्छ । अहिले मन्त्रालयले सुझावका लागि मन्त्रालयले सोधेकोमा राय लेख्दै छौँ,’ उनले […]
नक्कली नाेट सहित हेटौंडाबाट पक्राउरे रामकृष्ण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट नक्कली नोट बरामद गरेको […]
ग्रेस सहकारीका सञ्चालक प्रभात खड्का पक्राउ

उदयपुर । उदयपरको चौदण्डीगढी–७ बेल्टार बजार स्थित कार्यालय रहेको ग्रेस बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रभात खड्का पक्राउ परेका छन् । प्रहरीको उच्च खोजिको सूचीमा रहेका ग्रेसका सञ्चालक खड्का गत मंगलबार इटहरीबाट पक्राउ परेका हुन् । खड्कालाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले पक्राउ गर्न सफल भएको हो । सहकारीका सञ्चालकहरुबाट पीडित भएका सेवाग्राहीहरुको संगठन ‘वित्तिय […]
