घाेषित निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेपालकाे निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजाे बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न […]

एमाले उपाध्यक्ष नेम्वाङकाे बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्याे

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार […]

गठबन्धनमा चुनावि तालमेलका लागि सहमति तर सिट बाँडफाँटमा अल्झन

काठमाडौं ।आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै […]

अखिल क्रान्तिकारीका दुवै समुहसँग प्रचण्डकाे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् । पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । संगठनमा विवाद लामोसम्म राख्नु […]

१ नम्मर प्रदेशको नाम लिम्बुवान–किरात राख्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम […]

समृद्धि र विकासको एजेण्डा बोकेर चाैधरी गृह जिल्ला नवलपरमा

काठमाडौं ।नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । गृह जिल्लामा […]

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : एमाले महासचिव पाेखरेल

काठमाडौं ।एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था […]

गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् ।  शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए । उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो […]

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुनेछ : प्रवक्ता महत

काठमाडौ।  नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले केही दिनमै […]

करको दर हेरफेर गरेको आरोप लगाएर अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो : ‘प्रचण्ड’

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए । उनले ओली सरकारले एसपीपी सम्झौता […]