१० दलको बैठकमा नयाँ न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ पेस

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गरेका हुन् । उक्त ड्राफ्ट साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए । […]
सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगियो

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ । लेखकले भने, ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । […]
मुख थुनेर आवाज थुनिन्नन् : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका तीन जनालाई प्रहरीले मुख थुनेको थियो। ‘चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर […]
बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

हेटौडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै […]
मन्त्रालय भागबन्डाका लागि गठबन्धनको बैठक जारी

काठमाडौ। सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन् । बैठकले मन्त्रालयको भागबन्डाबारे छलफल गर्नेछ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ । File […]
तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आरआरद्वारा विद्यार्थी संगठनलाई आग्रह

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ । त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी निर्वाचन सम्पन्न […]
स्वबियु निर्वाचन खाेटाङ: विजय घाेषणा लगत्तै मतपरिणाम उल्टियाे

खाेटाङ। खाेटाङस्थित सोकला बहुमुखी क्याम्पसकाे सम्पन्न स्वबियु निर्वाचनको परिणाम उल्टिएको छ । साकेला बहुमुखि क्याम्पसले चैत ५ गते अनेरास्वबियुको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेकोमा तत्कालै सर्वपक्षिय बिद्यार्थी संगठनहरुको बैठकले परिणाम उल्टाईदिएको छ । क्याम्पस निर्वाचन समितिका संयोजक ईन्द्रकुमार तामाङले चैत ५ गते अनेरास्वबियुका अध्यक्ष यामकुमार खड्काको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेलगतै क्रान्तिकारी, अनेरास्वबियु […]
विरोध र असहमतिप्रति सम्मान रहनेछ : पूर्वमन्त्री आङ्बो

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोले लोकतान्त्रिक ब्यबस्थामा शान्तिपूर्ण रुपमा गरिने बिरोध असहमतिप्रति आफ्नो सम्मान रहने बताएका छन् । प्रदेश १ को नाम कोशी कायम गरिएपछि असन्तुष्ट पक्षले पुनः नामकरणको माग राख्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा पूर्वमन्त्री आङ्बोलाई आन्दोलनरत समूहले आज ज्यान मार्ने धम्की […]
चार दिन भित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री उद्घोस

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट […]
प्रधानमन्त्रीले दुई महिनामै पुनः विश्वासको मत लिने परिस्थिति बन्नु राम्रो होइन : सि के राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थिति बन्नु कसैका लागि पनि खुसीको कुरा नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले दुई महिनामा विश्वासको मत लिने परिस्थिति देशको स्थिरताका लागि राम्रो नभएको बताए । यस्तो परिस्थिति फेरि पनि आउन नहुने उनको […]
