विद्याकाे राजिनामा सँगै शिक्षा मन्त्रीमा अञ्जनाकाे नाम चर्चामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेभित्र नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्यको चर्चा सुरु भएको छ । राष्ट्रिय सभा सदस्य शाक्य प्रधानमन्त्री ओलीको विश्वासपात्रका रूपमा चिनिन्छिन् । ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छँदा शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् ।
राेगी धवल शमशेर हाजिरी जमानिमा रिहा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । धवललाई हिजो बेलुकी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले […]
निषेधाज्ञाकाे अबज्ञा गरेकाे भन्दै राप्रपा अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ

काठमाडौँ । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको छ । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीमा राखिएको छ । अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका […]
व्यवस्था जाेगाउन गणतन्त्रवादीहरु एक हुन तीन शिर्ष नेताहरुकाे आह्वान

काठमाडौं । राजतन्त्र पक्षधर शक्तिले संघीय लोकतान्त्रिक व्यवस्थाविरोधी हिंसात्मक प्रदर्शन बढाउन थालेपछि प्रमुख राजनीतिक दलहरू त्यसको सामूहिक प्रतिवाद गर्ने रणनीतिमा जुटेका छन् । राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहेका वेला अघिल्लो दिन बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकले संविधान र राजनीतिक व्यवस्थाको रक्षा गर्न एकजुट रहेको सन्देश प्रवाह गरेको छ । प्रधानमन्त्री एवं […]
निषेधित क्षेत्र ताेड्ने राप्रपाकाे तयारी

काठमाडौं । आइतबार काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने राप्रपाको औपचारिक निर्णय छ । राप्रपाको यो निर्णयले आइतबारको प्रदर्शन अराजक र तनावपूर्ण हुने जोखिम छ । १५ चैतको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको मागसहित राप्रपाले प्रदर्शनको कार्यक्रम तय गरेको हो । ४ चैतको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘सरकारले शान्तिपूर्ण भेला हुन पाउने, […]
नयाँ बर्षमा नयाँ सरकार बन्ने प्रचण्डकाे सङ्केत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । गृह जिल्ला चितवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरू विकसित भएको आफूले अनुभव गरिरहेको बताए । यो सरकार धेरै अगाडि जान सहज परिस्थिति नरहेको बताउँदै उनले सरकार फेरबदलको सम्भावना तीव्र रहेको पनि दाबी गरे । […]
कोशी प्रदेशमा एसकाे नयाँ नेतृत्वको उदय: दलाल पुँजीवादविरुद्ध तीव्र आलोचना

सुनसरी । नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेशको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सरिता थापा खड्काको अध्यक्षतामा १३४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। सचिवमा जलशेर राई, उपसचिवमा छिरिङ लामा र भवानी शंकर चयन भएका छन्। अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए भने […]
रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्ने, महाधिवेशनकाे मिति सार्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ […]
चित्रबहादुरले छाेट्यायाे आन्दाेलनकाे कार्यक्रम

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ । काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५ दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा […]
प्रतिनिधिसभा अन्तर्गतका आज तीन समितिको बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । […]
