त्यसैले मेरा लागि ठाउँ रहेन कांग्रेसमा : अबुल हुसेन अनसारी

कांग्रेस र म मेरो आजसम्मको जीवनको उर्जाशील समय नेपाली कांग्रेस र लोकतन्त्रका लागि अर्पित भएको छ । कांग्रेसमा मैले कहिले पद र प्रतिष्ठाको लोभ गरिनँ । सधैँ एक कटिवद्ध सिपाही झैँ पार्टीका गतिविधिमा सक्रिय भइरहेँ । कांग्रेस मेरो लागि केवल एउटा राजनीतिक दल मात्र थिएन, मेरो राजनीतिक चेतना, संघर्ष र सपनाको साझा घर थियो । […]

एमाले पौवादुङमा पालिका सचिव कुशलले पार्टी परित्याग गरे

भोजपुर । नेकपा (एमाले) पौवादुङमा गाउँपालिका भोजपुरका पालिका कमिटी सचिव तुलसी कार्की (कुशल) ले पार्टी परित्याग गरेका छन् । बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकबाट सो घोषणा गरेका हुन् । कार्की २०७९ को निर्वाचनमा पौवादुङमा गाउँपालिकाको वडा–३ बाट नेकपा (एमाले) वडाध्यक्षको उम्मेदवार थिए । निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार तीर्थबहादुर कार्कीसँग २ मतले पराजित बनेका […]

जनताको घरदैलोमा प्रदीप बिष्टप्रति व्यापक समर्थन, “काठमाडौँ–१० मा घन्टीको लहर”

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप बिष्टप्रति जनसमर्थन दिनप्रतिदिन सशक्त बन्दै गएको देखिएको छ। घरदैलो अभियानका क्रममा स्थानीय जनताले यसपटक बहुमतका साथ प्रदीप बिष्टलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका छन्। घरदैलो भेटघाटका क्रममा मतदाताहरूले देशको भविष्य अब नयाँ सोच र वैकल्पिक राजनीतिमा रहेको भन्दै वर्तमान अवस्थामा रास्वपाले […]

तिब्र चुनाव प्रचारमा भक्तपुर १ कांग्रेस

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठलाई उमेदवार बनाएकाे छ भने, चुनावी प्रचारका लागि निर्वाचन क्षेत्र १ भरि सम्पर्क कार्यालय […]

गणेश पराजुली : जनताको आवाजदेखि संसदसम्म : काठमाडौं–७ मा दाेहाेरिएका उमेदवार

” मैले चिनेकाे” गणेश पराजुली : जनताको आवाजदेखि संसदसम्म : काठमाडौं–७ मा दाेहाेरिएका उमेदवार । दिपृश श्रेष्ठ, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ नेपालको राजनीतिमा सधैँ चासोका साथ हेरिने क्षेत्रहरु मध्यकाे एक हो। शिक्षित, सचेत र परिवर्तनप्रेमी मतदाताले भरिएको यो क्षेत्रले हरेक निर्वाचनमा नेतृत्वको गुणस्तर खोज्छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यका […]

बाढीपीडितको समस्या संसदमा उठाउने प्रतिबद्धतासहित हुमागाईको घरदैलो

काभ्रेपलान्चोक । काभ्रे क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईले बेथानचौक गाउँपालिकाबाट घरदैलो तथा भेटघाट अभियान सुरु गर्नुभएको छ। आइतबार निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बेथानचौक गाउँपालिकाको वडा नं. १ च्याम्राङवेशीका मतदाताको घरदैलोमा पुगेर उहाँले आफ्ना धारणा राख्दै मत दिन आग्रह गर्नुभएको हो। बेथानचौक पुगेको घरदैलो अभियान टोलीले सर्वप्रथम […]

काठमाडौ निर्वाचन क्षेत्र नं.३ का उमेदवार प्रदीप विष्ट काे हुन् ??

दिपेश श्रेष्ठ। राजनीति पद र पहुँचको खेल मात्र होइन, जनताको दुःख–सुख बुझ्ने संवेदनशील जिम्मेवारी हो भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट क्षेत्र नं. १० मा उम्मेदवार बनेका प्रदीप विष्ट आज मतदातामाझ फरक पहिचान बनाउँदै अघि बढिरहेका छन्। स्वतन्त्र सोच, स्वच्छ छवि र समाजसेवामा आधारित जीवन यात्राका कारण उनी आम नागरिकका लागि आशाको प्रतिनिधि […]

प्रचण्डले दश बर्षपछी वाईसीएलको अर्धसैन्य बल ब्युँताएको छ, कारण के??

काठमाडौं । क.प्रचण्डले दश बर्षपछी वाईसीएलको अर्धसैन्य बल  YCL ब्युँताएको छ। प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको कुनै पनी एकजना लाई कुनै छुन मात्र खोजेपनी त्यसको प्रतिवाद गर्न अर्धसैन्य बल वाईसिएल लाई कडा निर्देशन दिनु भएको छ। वाईसीएल नेपालले भर्चुअल बैठकबाट अर्धसैन्य संरचना ब्युँताउने निर्णय गर्यो।  निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि एस.टि.एफ क्याम्प खटाइनेछ। एटा […]

वाईसीएल नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँतायाे

काठमाडौँ । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेसल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए । अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन […]

काे हुन् खाेटाङ कांग्रेसका उमेदवार वीरकाजी राई ??

संघर्ष, संगठन र सेवाको निरन्तर यात्रा ” मैले चिनेकाे” खोटाङ कांग्रेसका नेता वीरकाजी राई: दिपेश श्रेष्ठ। राजनीति केवल पद र शक्ति प्राप्तिको साधन होइन, यो जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिने जिम्मेवारीपूर्ण सेवा हो। यही मान्यतालाई आत्मसात् गर्दै विगत तीन दशकदेखि नेपाली कांग्रेसको संगठन निर्माण, लोकतन्त्रको रक्षा र खोटाङ जिल्लाका नागरिकको पक्षमा निरन्तर क्रियाशील नेता हुन् वीरकाजी […]