रौतहटका पाँचैजना उपप्रमुखहरु द्वारा पदभार ग्रहण

रौतहट, केही दिन आघिमात्र पदबहाली भएको रौतहटको पाँच जना पालिकाका उपप्रमुखहरुले आज पदभार ग्रहण गरेका छन् । माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको रौतहटको ५ स्थानीय तहका उपप्रमुखको सर्बोच्च अदालतले पदबहाली गरेलगतै उहांहरुले पदभार ग्रहण गरेका हुन् । दल बदलको आरोपमा कार्वाहीमा परेर पदमुक्त भई सर्बोच्च बाट पदबहाली भएका देवाही गोनाहिकी उपमेयर परनिया देवि पटेल,फतुवा […]

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको थियो । […]

पार्टीले नेपाल पक्षलाई असार २७ गतेसम्म हस्ताक्षर फिर्ता गर्न समय दिएको छ, प्रमुख सचेतक – विशाल भट्टराई

काठमाडौं। नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि हस्ताक्षर फिर्ता लिनको लागि समय दिईएको बताएका छन् । यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिन भनेको थियो । तर, नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको […]

माधव नेपाल लाई फकाउदै प्रधानमन्त्री ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको उनीनिकट नेताहरूले […]

छुटेनन् अझै विप्लवका १ सय २५ भन्दा बढी नेता कार्यकर्ता

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए । सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ […]

ओलीको पुत्ला जलाउने नेविसंघको १५ कार्यकर्ता नियन्त्रणमा

नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो । मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका गर्दै नेता नेपाललले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री […]

तोकियो बादलसहितका नेतालाई एमालेमा जिम्मेवारी, यस्ता छन् संगठनात्मक योजनाहरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको छ । पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने बैठकले निर्णय गरेको हो । महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई […]

हस्ताक्षर प्रकरणमा अल्झिएको एमाले एकता

एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्। ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको स्रोतले बताएको […]

एमालेले वैशाखसम्म महाधिवेशन सार्ने

काठमाडौँ– नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्रै सहभागी भएको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलले पेश गरेको […]