म तपाईंकोमा आइसकेँ,नेपाल सँग फर्किन्न – वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो । गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र […]

ओलीले बामदेवलाई भने- फेरि आयो, गयो नहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् । बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । […]

कांग्रेसमा नया“ ध्रुवीकरण देउवा र पौडेल दुवै खेमामा फुट

काठमाडौं – नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा फुट देखिएको छ । देउवाबाट उपसभापति विमलेन्द्र निधि टाढिएका छन् । उनी अलग्गै टिम बनाएर सभापतिको दाबी गर्नेतर्फ बढिसके । महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग दुई चरणको लन्च मिटिङ गरिसके । शुक्रबार अर्को लन्च मिटिङ […]

एमाले बैठक : ओली र नेपालबीच फोन संवाद, बामदेव पुगे बालुवाटर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेरै केन्द्रीय कमिटी बैठकमा बोलाएका छन् । दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न […]

ओलीले बोलाएको बैठक अवैध – माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजको लागी बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले हिजै जानकारी दिएका थिए । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको […]

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष नजाने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएकोबैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको […]

प्रदर्शनीमार्गमा विपक्षी गठबन्धनका विद्यार्थीको प्रदर्शन

काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । त्यस क्रममा […]

राष्ट्रियसभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् । बिहीबार हिउँदे अधिवेशन शुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले […]

राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन : एमाले नेता प्याकुरेल

काठमाडौं। सत्तारुढ एमालेका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले राज्यका प्रमुख अंगहरूबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् । ‘शक्ति पृथकीकरणको सिद्धान्त नबुझीकन हरेक कुरो जसरी हामी न्यायपालिकामा लगि राखेका छौं, न्यापालिकालाई हाबी गर्ने जुन प्रयत्न भइरहेको छ त्यसबाट […]

तिनबुँदे सहमतिमा सरकार इमान्दार नभए देसमा भयानकआँधिवेहरी ल्याउँछाैँ-माइला लामा

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए । “सरकार इमान्दार भएन भने, नेपालका संसदवादी राजनीतिक पार्टी जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले अगाडि भने, […]