निर्वाचन आयोगसँग सर्वोच्च अदालतले माग्याे लिखित जवाफ

काठमाडौँ । यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ । अधिवक्ता राजकुमार सुवालले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले विदेशी […]

नेकपा बहुमतका महासचिव बाँस्तोला रिहा

काठमाडौं ।  सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न आदेश दिएको छ । सावित्रीकुमारी वलीलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानत्द पाण्डेको संयुक्त इजलासले बाँस्ताेलालाई थुनामुक्त गर्न आदेश दिएको हो । निर्वाचन बहिष्कार गर्दै आएको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको थियो । यद्यपि, उक्त […]

पूर्व गृहमन्त्रीले नै मानेनन् केन्द्रीय सुरक्षा समितिको निर्देशन

काठमाडाैं । सुरक्षाको दृष्टिले ‘रुफटप भेहिकल’ जोखिमपूर्ण देखिएको भन्दै फागुन ७ गते गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय गर्यो। तर पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशकाे विभिन्न ठाउँमा  आयोजित कार्यक्रमहरूमा गाडीको रुफटफबाटै लामै भाषण गरेका छन्। मंगलबार बिहान बिर्तामोडमा […]

घोषणापत्रमा देखियो साझा आधार : सामाजिक सुरक्षामा दलहरू एकमत

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलहरूले नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्ने सामाजिक सुरक्षा नीतिलाई आफ्नो घोषणापत्रमा प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले प्रस्तुत गरेका योजना र प्रतिबद्धताहरूले सामाजिक सुरक्षा नीति, वृद्धभत्ता, […]

रास्वपा र नेकपा एमालेका कार्यकर्ताबिच झडप, २ जना घाइते

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा २ जना घाइते भएका छन् ।  चुनाव प्रचार प्रसारको लागि घरदैलो गर्ने क्रममा जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा झडप भएको हो । झडपमा एमालेका २ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । झडपमा परेर डिलासैनी–७ घर भएका एमाले निकट युवा […]

चुनाव प्रचारमा रोकिएन बालबालिकाको प्रयोग

काठमाडौं । कानुनतः चुनावी प्रचारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन । तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा बालबालिकाको प्रयोग गरिरहेको उजुरी परिरहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रममा, र्‍यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अंकित भेस्ट-टिसर्ट-लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकालाई सहभागी गराइएको […]

कांग्रेसले पोखरामा बृहत् चुनावी सभा गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कास्कीको पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ । सभापति गगन थापाको प्रमुख आतिथ्यता एवं उपसभापति विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा चुनावी सभा हुने भएको हो । यही शुक्रबार पोखराको अमरसिंह चोकमा बृहत् चुनाी सभा हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

बदलिएकाे नेतृत्व हुनाले याे पटक मत परिवर्तन गर्दै भक्तपुर १ का मतदाताहरु

भक्तपुर । एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ त भन्ने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का बिशेषगरि चाँगुनारायण नगरपालिकाका मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् अधिवक्ता: किरण न्याैपाने। नेतृत्व बदलिए सँगै नेपाली काँग्रेसको इमानदार सिपाहीका रूपमा उनले यसपटक प्रतिनिधि सभा निर्पाचन क्षेत्र नं. १ मा टिकट पाए। यसकाे अलावा […]

डा. गंगालक्ष्मी अवाल : लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध एक बौद्धिक नेतृ

✍️ दिपेश श्रेष्ठ, नेपालको लोकतान्त्रिक आन्दोलन, समावेशी प्रतिनिधित्व र दिगो विकासको एजेन्डासँग नजिकबाट जोडिएको नाम हो डा. गंगालक्ष्मी अवाल। २०८२ फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस का तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत डा. अवाल शिक्षा, समाजसेवा, महिला नेतृत्व विकास तथा दिगो ऊर्जा व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै राष्ट्रिय राजनीतिमा स्थापित हुँदै […]

काभ्रे–२ मा तारा चिन्हको अपिल गर्दै हुमागाई घरदैलोमा

  by Dikendra काभ्रेपलाञ्चोक — नेपाली कम्युनिस्ट पार्टी काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईको चुनावी अभियान आज पाँचखाल नगरपालिका–१० नम्बर वडा बेलाबाट सुरु भएको छ।   उम्मेदवार हुमागाईले घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरिरहनु भएको छ। निर्वाचन परिचालन कमिटीका अनुसार बिहीबार पाँचखाल नगरपालिका –७, १० र १२ नम्बर […]