आज राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित

काठमाडौँ । आज राष्ट्रियसभा बैठकले सांसद डा. डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो । विक्रम संवत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक […]

सुन्दर हरिजन मृत्युको छानबिन समिति बनाउन माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजय विक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् । उनले केही दिन अघि सुन्दर […]

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन्। कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ […]

बलात्कार घटनाको हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संघीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस सांसद डा. डिला सङ्ग्रौला पन्त, प्रमिला राई, रङ्गमती शाही र सुजाता परियारले बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सोमबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम सङ्घीय संसद् […]

तारा एयरको विमान दुर्घटनाः ब्ल्याकबक्स फेला, १२ जनाको शव काठमाडौं ल्याउने तयारी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका—२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विमानमा सवार […]

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए । घटनाको जाँचबुझ आयोग […]

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २७ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा तीन/तीन वटा कार्यक्रम […]

अहिलेको बजेट चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ ?’ प्रतिप्रश्न गर्दै […]

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । आज सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

नेपाल भाषामा मेयर (बालेन) को सपथ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् । साहले सपथ लिएपछि प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ […]