धनौजीमा २५ राउन्ड हवाई फायर

काठमाडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद भएको छ । झडपको अवस्था भएपछि प्रहरीले २५ राउन्ड हवाई फायरसमेत गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको हो । अहिले सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला […]
१ सय १७ स्थानीय तहको नतिजा सार्वजनिक, (सूचीसहित)

काठमाडौं । देशभरका स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका १ सय १७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । ४४ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहमा विजयी हासिल गरेको […]
प्रधानमन्त्री मोदीको लुम्बिनीमा यस्तो छ भेटघाट तालिका

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । हेलिकप्टरबाट ओर्लिएपछि मोदीले एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर […]
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागतका छन् । भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवा पत्नी डा. आरजु […]
खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जसपा विजयी

खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राई र नेकपा एमालेका उम्मेद्वार कृष्णकुमार राईलाई पराजित गर्दे गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका हुन् । पराजित कृष्ण कुमार राई निर्वतमान अध्यक्ष हुन् भने निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए […]
७४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ?

काठमाडौं । देशभरको स्थानीय तह निर्वाचनको मतरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले ३४ र नेपाली कांग्रसले ३८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेको छ ।यस्तै, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । नेकपा […]
बराहपाेखरी गाउँपालिका अध्यक्षमा पुन: शालिकराम

खाेटाङ। खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकिकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेकी गोमा मगरलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जराले ३१८१ मत पाएका छन्, भने गोमाले २६९४ मत पाएका छन् । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेद्वार भुवलराज राई विजयी […]
विराटनगर महानगरमा कांग्रेसको अग्रता जारी

काठमाडौं । विराटनगर महानगरमा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।
ऐसेलुखर्कमा मनाउँदै विजयजुलुस एमाले,अध्यक्षमा गिरेन्द्र राई

खाेटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। गिरेन्द्रले २ हजार ६०६ मत र श्रीबहादुरले २ हजार ४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए। कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १ हजार ७ मत […]
बुलिङटारमा कांग्रेसको गढ तोड्दै एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । […]
