गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)बीच पार्टी एकता भएको छ। कांग्रेस सभापति गगन थापाले कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिएका छन्। सामाखुसीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी दिएका हुन्। कांग्रेसका सभापति थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस […]
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ । अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमल प्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए । […]
नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

काठमाडौं। नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर […]
रास्वपा स्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा दिएका छन् । रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले केही दिनअघि र आज १४ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै आज रास्वपाका काठमाडौं– ५ का […]
चुनावी घरदैलो भाेलि अन्तिम, भक्तपुर कांग्रेसले सङ्गितिक प्रस्तुति सहित चुनावी सभा गर्ने

भक्तपुर। फागुन ४ गत्तेबाट चुनावी घरदैलो का लागि निर्वाचन आयाेगबाट अनुमति पश्चात् चुनावि घरदैलाेमा हाेमिएकाे भक्तपुर क्षेत्रनं. १ कांग्रेसले भाेलि अन्तिम दिन चाँगुनारायण नगरपालिका वडानं १ सरस्वती खेलबाट घरदैलोकाे कार्यक्रम सम्पन्न गर्ने जनाएकाे छ। चुनाव प्रचार प्रसार संयाेजक समुन्द्र थापाका अनुसार बिहान ८:०० बजेबाट उक्त वडा अन्तर्गतको मतदाताहरुकाे घरदैलोमा मतमाग्न जाने र साे घरदैलाेकाे कार्यक्रम […]
महाकाली सन्धिमा मैले कुनै हस्ताक्षर गरेको छैन: देवराज घिमिरे

झापा। झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन्। सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन्। घिमिरेले आज जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख […]
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा हिरोका कारण फिल्म चलेपनि देश नचल्ने बताएका छन् । अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टीम’ सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ । उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ […]
काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार पौडेलले ईश्वर पोखरेललाई समर्थन गर्ने

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् । उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा। दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी […]
उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ । सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक […]
बस्नेत, भुसाल र श्रम संस्कृति पार्टीलाई आयोगले गर्याे कारबाही

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ। आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए। आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने […]
