ललिता निवास जग्गा प्रकरणका मुख्य ब्यक्ति गरुङ पक्राउ

काठमाडौं । ललिता निवास जग्गा काण्डका नाइके भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्। मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दियो। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। उनले ललिता निवासको कयौँ रोपनी जग्गामा नक्कली मोही खडा गरेर विक्री गरेका थिए […]
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं। आज जनता समाजवादी पाटी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक जसपाको पार्टी कार्यालयमा आज दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
भोट हाल्नेको मात्रै जित हैन,भोट हाल्न नपाउनेहरूको समेत जित भएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरेका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय र्यालीलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिए । आफूले इच्छाकामनामा भएका चेपाङ बस्तीका बालबालिका सहित त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र […]
Breaking काठमाण्डौबाट दुबई को लागि उडेको बिमानमा आगो लाग्यो ! आकस्मिक अवतरण गर्ने तयारी !!घटनाको बिवरण आउँन बाँकि

#Breaking काठमाण्डौबाट दुबई को लागि उडेको बिमानमा आगो लाग्यो ! आकस्मिक अवतरण गर्ने तयारी !!घटनाको बिवरण आउँन बाँकि file photo
सेवा निवृत्त शिक्षककाे पेन्सन नराेक्न सरकारलाई ध्यानाकर्षण

भक्तपुर । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरेका छन् । ‘सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको […]
अभिनेता शाहले पाए सफाई, भाेलि रिहा हुँदै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने श्राेतले जानकारी दिए ।
जनयुद्धकाे उपलब्धि साझा सम्पत्ति हाे : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए। उनले जनयुद्धको २८औँ […]
प्रचण्ड र बाबुरामकाे पार्टी एकता हुने

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच बालुवाटारमा भएको भेटमा पार्टी एकताको सहमति बनेको हो । यस अघि निर्वाचनमा पनि दुवै दलले एउटै चुनाव चिन्हमा भाग लिएका थिए । एकतापछि पार्टीको नाम नयाँ राख्ने […]
उपसभामुखमा साेविता अघि सार्दै (रास्वपा)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा पनि दाबी गरेको छ । मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । एक नेताका अनुसार रास्वपाले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री […]
