कोरोनाको मारमा परेका श्रमिकहरुको व्यवस्थापन सरकारले तत्काल गर्नोपरो – प्रचण्ड

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला […]
झण्डै १० प्रतिशत संक्रमित बालबालिका

१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि […]
मजदूर आन्दोलनको सम्झनामा आज श्रमिक दिवस

बैशाख १८, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर […]
सरकारलाई नेपाली कांग्रेस को सुझाव
बैशाख १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् । आफ्नो निजी निवास बुढानीलकण्ठमा शुक्रबार पत्रकारसम्मेलन गर्दै देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रूपमा फैलिएको आरोप लगाए […]
सीमा नाका तत्काल बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख १८, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश […]
हवाइ उडान पनि स्थगित गर्न सीसीएमसीको सिफारिस

१७ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय […]
७२ वर्षे ‘ बा’को गौशाला–काभ्रे पैदल यात्रा आनुभब

वैशाख १७ बनेपा । उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् । उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ […]
आध महिनाको पारीश्रमिक सहयोग गर्दै कर्णाली प्रदेशका माओवादी सांसद

काठमाडौं, १७ बेशाख । नेकपा माओवादी केन्द्र सभाका माओवादि प्रतिनिधि सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।माओवादि केन्द्रबाटै मनोनित कर्णालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको स्रोतले बतबएको छ […]
रिक्त राष्ट्रिय सभा उपनिर्वाचनको मतदानका लागि दुई केन्द्र निर्धारण गर्दै- बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र केन्द्र तोकेको छ । आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र दुई सय ३८ जना नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र […]
सङ्क्रमण नियन्त्रणका लागि धुलिखेल नगरपालिकाद्वारा कोष स्थापना

बैशाख १७ काठमाडौं। कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ। हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई कोभिड […]
