म्यानपावरलाई कहाँबाट आउँछ अनधिकृत पैसा असुल्ने आँट ?

कतार प्रहरीमा छनोट भएका युवाबाट ७ लाख रुपैयाँका दरले रकम असुलेर अल तौकेत ओभरसिजले कुनै पनि शुल्क नलिने कतार सरकारको सर्तको सरासर उल्लंघन गरेको छ । मूलतः यो प्रकरणले उक्त सर्त पालना गराउनुपर्ने नेपाल सरकारको जिम्मेवारीमाथि प्रश्न उब्जाएको छ । कतार प्रहरीमा अन्तर्वार्ता दिन गएका उम्मेदवारको सोमबार कागजात जाँच गर्दै अल तौकत ओभरसिज नेपालको गेटमा बाउन्सर । पहिल्यै […]

मूल्य बढाउन उत्पादन रोक्दा बजारमा सिटामोल अभाव

काठमाडौं । ज्वरोका विरामीका साथै दुखाइ कम गर्न प्रयोग गरिने औषधि पारा सिटामोल अभाव हुन थालेको छ ।कच्चा पदार्थको भाउ बढेको भन्दै औषधि उत्पादकहरुले मूल्य झण्डै दोब्बर बनाउन माग गरेका छन् । तर सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन नै रोकेका छन् । बजारमा पनि माग बढेकाले बजारमा पारासिटामोलको अभाव […]

आज दर खाने दिन

काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ ।दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व […]

गठबन्धनका लागि एमसिसी खड्गो,एमसीसीका कारण गठबन्धन भत्कनसक्ने

काठमाडौं । एमसीसीबारे सत्ता गठबन्धनका मुख्य दुई नेताबीच फरक खालको भनाई एकैदिन आएपछि राजनीति तरंगित भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनुपर्ने भन्दै अनावश्यक राजनीति नगर्न आग्रह गरे । मंगलबार काँग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले देश विकासका लागि अनुदान ल्याएर ऋण घटाउने भएकाले एमसीसी बढाउनुपर्ने बताए । […]

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने […]

काठमाडौँमा यस वर्षकै धेरै वर्षा, विष्णुमती क्षेत्रमा बाढी (भिडियोसहित)

काठमाडौँमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय […]

सुदूरपश्चिममा रावल भन्दा माधव बलियो

ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने जस्ताइ निस्चित भएको छ । ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ। ‘सदुरपश्चिममा भीम […]

ओभाएनन् पीडितका आँखा

बाँकेको कोहलपुर–११ कालिकानगरकी देउसरा कामी घटना विवरणको मिसिल बोकेर आइतबार जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । उनी यसरी न्यायका लागि धाउन थालेको ३ दशक बितिसक्यो, सधैंझैं यसपालि पनि उनी आश्वासन लिएर फर्किइन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता पारिएका श्रीमानको जोहरी दिन गएका चन्द्रकला उप्रेती र देउसरी कामी । तस्बिर : मधु […]

जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार रुपैयाँ प्रदान […]

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा […]