तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा

काठमाडौँ– अफगानिस्तानमा तालिबाने काबुल शहरको महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ । हालै कैयौं चरमपन्थी संगठनहरुले शहरको शान्ति सुरक्षालाई चुनौती दिने जस्ता सन्देशहरु सार्वजनिक गरेका थिए । २४ अगस्टमा एक ट्वीटर पोस्टमा तालिबानको अरबी भाषाको ह्याण्डलले यो विषयमा जानकारी दिएको छ । ट्वीटमा एक तस्वीरसहित लेखिएको छ, ‘यो फतेह वाक’ अथवा विजेता […]

चाडका पूर्वराष्ट्रपति हाब्रेको सेनेगलमा निधन

एजेन्सी- युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन् । “हाब्रे भगवान्को साथमा लीन भए,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भने । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड–१९ को कारण मृत्यु भएको बताएको छ । सन् […]

अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

काठमाण्डाै – अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख […]

चारवटा कार र हेलिकोप्टरमा अटेको पैसा लगे, नअटाएको फालेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

काठमाडौं, तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्। रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकोप्टरभरि पैसा बोकेर अफगानिस्तान छाडेको […]

अफगानिस्तानमा नेटोका लागि काम गरेका दोभासेहरू चिन्तित, हजारौँ विस्थापित

काबुल- अफगानिस्तानमा तालिबान लडाकूहरूले देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रबेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् । तालिवानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तायारी गरिरहेको बताइएको छ । बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका […]

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु

एजेन्सी- लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत […]

‘कायर गनी’

एजेन्सी, अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडी भागेपछि उनलाई कायर र अप्ठ्यारोमा देशलाई पारेर गएको आरोप लागेको छ । राष्ट्रपति चुनावमा उनका प्रमुख प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले कायर भनेका छन् । अब्दुल्लाले भनेका छन्, अफगानिस्तानका पूर्वराष्ट्रपतिले अफगानिस्तानलाई छाडेका छन् । उनले देशलाई यस्तो अवस्थामा छाडेका छन् जुन अल्लाले लेखाजोखा राख्नेछन् । गनीले जनतालाई ढाँट्दै आएको भन्दै […]

अफगानिस्तान युद्ध : ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौँ- अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’ आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी […]

रक्तपात राेक्न देश छोडेँ : घानी

काठमाण्डाै – तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’ उहाँले आफ्नो फेसबुक पेजमा […]

राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले भन्यो : ‘युद्ध सकियो’, ‘राष्ट्रपति भागे’

काठमाण्डाै – राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्। हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका […]