Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संग्रह सेयर समाचार एमसीसी : अनुमोदन जटिल, पन्छाउन कठिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2021
240 shares

चार वर्षदेखि थाती रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता सत्ता गठबन्धनका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । संसद्बाट अनुमोदन गर्दा राजनीतिक र जनस्तरमा हुन सक्ने विरोध र पारित नगर्दा अमेरिकासँगको सम्बन्धमा देखिन सक्ने समस्याका कारण सरकार अप्ठेरोमा परेको हो ।

 

नेपालको संविधान र स्वाधीनताविपरीत एमसीसी छैन भन्ने सुनिश्चिततापछि मात्र सरकार यसलाई संसद्बाट अनुमोदन गराउने योजनामा छ । भदौ २३ बाट संसद् अधिवेशन सुरु भएलगत्तै एमसीसीलाई संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

सकेसम्म संसद्मा रहेका दलहरूबीच सहमति र त्यो हुन नसके गठबन्धनमा रहेका दलबीच सहमति खोजेर एमसीसी अगाडि बढाउने पक्षमा उनी छन् । ‘यो सम्झौता मुलुकको हितमा छ । राष्ट्रको विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजनालाई फिर्ता लैजाने वातावरण बनाउनुहुन्न,’ कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ ।

प्रधानमन्त्री सम्झौता अनुमोदन गराउन दृढ छन् । तर, गठबन्धन घटकहरूको विश्वास लिन उनलाई सकस भइरहेको छ । राजनीतिक दलका नेता, नागरिक समाज र विश्लेषकहरूको बुझाइमा पनि एमसीसी सरकारका लागि एउटा असहज मुद्दा हो । अमेरिकासँगको सम्बन्ध दाउमा राखेर यसलाई अस्वीकार गर्ने र जनस्तरमा उठेको आवाज नजरअन्दाज गरेर जसरी पनि अनुमोदन गर्ने दुवै विकल्प उनका लागि जटिल छन् ।

एमसीसी अगाडि बढाउने विषयमा वामपन्थी दलभित्रै पनि एकमत छैन । तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले सम्झौतामा संशोधन, सुधार र परिमार्जन भए मात्र अगाडि बढाउन सकिने सुझाव दिएको थियो । तर, खनालसँगै एमसीसीको विरोधमा उत्रिएका भीम रावल र प्रतिवेदनमा फरक मत लेख्ने प्रदीप ज्ञवाली एमालेमै छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी आफ्नै पालामा अनुमोदन गराउन पहल गरेका थिए । तर, पछिल्लो समय भने ओली खुलेर बोलेका छैनन् । एमाले सांसद गोकुल बाँस्कोटाको भनाइ छ, ‘सत्तारूढ दलले एमसीसी सम्झौताको विषयमा आफ्नो अडान, दृष्टिकोण र निर्णय सार्वजनिक गर्नुपर्छ । त्यसपछि एमालेले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved