Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्डले झुट बोले: विप्लव समुह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021
384 shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले झुठो बोलेको धारणा सार्वजनिक गरेको छ । प्रचण्डले विप्लवको पार्टीसँग एकता हुँदैछ भनेर झुठो बोलेको उक्त पार्टीका नेता धर्मेन्द्र बास्तोलाले स्पष्ट पारे ।

बास्तोलाले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पार्टी एकताबारे आफूहरुले प्रचण्डसँग कुनै छलफल नै नगरेको दाबी गरे । उनले प्रचण्डले के आधारमा आफ्नो पार्टीसँग एकता हुँदैछ भनेर बोले ? भन्दै उल्टै प्रश्न गरेका छन् ।

प्रचण्डले एक कार्यक्रममा विप्लवको पार्टीलगायत कम्युनिष्ट पार्टीहरुसँग छिट्टै एकता हुने खुलासा गरेका थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने धारणा राखेका थिए ।

पार्टीको पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रबिक्रम चन्द९विप्लव र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताएका थिए ।

कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमाले र माओवादी केन्द्रलाई अलग अलग बनाएको थियो । त्यसपछि प्रचण्ड कम्युनिष्ट पार्टीबीच पूनः एकताको प्रयासमा लागेका छन् । यो बीचमा प्रचण्डले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालसँग पनि छलफल गरिरहेका छन् ।

उनले ढिलो चाँडो माओवादीबाट फुटेका दलहरुबीच एकता हुने दाबी गर्दै आएका छन् । केही पहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि दाहाललाई भेटेका थिए । त्यतिवेला उनीहरुबीच लामो कुराकानी भएको बताईएको छ । तर, विप्लवले भने प्रचण्डसँगको भेटमा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको बताएका थिए ।file photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved