Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
63 shares

स्पष्ट अल्पमतमा परे पनि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहजुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरुपमा दल विभाजन भएपछि मात्र सरकारको आगामी भूमिका तय हुने बताउनुभयो । विपक्षीहरु अविश्वासको प्रस्तावतर्फ अगाडि बढिसकेको बेला मुख्यमन्त्री शाक्यले विपक्षी दलले अविश्वास प्रस्ताव ल्याए त्यसको सामना गर्न फरक भूमिका निर्वाह गरिने बताउनुभयो ।

‘पहिलादेखि सम्बन्ध राम्रो हुँदा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ जस्तो त मलाई लाग्दैन । हामीले उहाँहरुको भूमिका पनि हेर्नुपर्ने हुन्छ । दल विभाजनपछि केकस्तो अवस्था आउँछ, त्यहीअनुसार अघि बढ्छौं । छाड्नपर्ने अवस्था आएछ भने छाड्न पनि तयार छौं । प्रतिपक्षको प्रस्तुतिअनुसार आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमति र सहकार्यको गृहकार्य गरिने उहाँको भनाइ छ ।

उहाँले आफूहरु प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गरिने बताउनुभयो । ‘जनताको काममा इमान्दारितासाथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौं, हामी काम गर्छाैं । प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गर्छौं,’ उहाँले भन्नुभयो ।

उहाँले हालसम्म प्रदेशमा आधिकारिकरुपमा पार्टी विभाजन भइनसकेको भन्दै आफूले २२ गते कुरेर बसेको बताउनुभयो । ‘केही साथीहरुले एमाले छाडेर नयाँ दल रोजिसक्नु भएको छ । तर, २२ गतेसम्म दल चयनको समय छ । त्यसपछि मात्र एमाले विभाजन भएर हामी अल्पमतमा पर्ने हो,’ उहाँले भन्नुभयो–एमाले आधिकारिकरुपमा विभाजन भएपछि कस्तो परिस्थिति आउँछ, त्यसलाई सामना गरेर अघि बढ्छौं ।

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा शाक्यले आफू एमालेमा नै रहेको बताउनुभएको थियो । उहाँले बैठकमा आफ्नो विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गुनासो पनि गर्नुभएको थियो । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले भन्नुभयो–पार्टीलाई एकतावद्ध बनाउन हामीले अभियान अगाडि सारेका हौं । सरकार टिकाउने र जनताको पक्षमा लाग्ने कुरामा अनवरत् छौं ।

तर, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु अब केही दिनमात्र रहेको बताउनुभएको छ । नेता बानियाँले भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकाले यो सरकारको आयु अब केही दिनमात्र बाँकी रहेको बताउनुभयो । नेता बानियाँले बागमती प्रदेशमा छिट्टै गठबन्धनको सरकार गठन हुने दाबी गर्नुभयो ।

सरकारको नेतृत्व कांग्रेस, नेकपा (एकीकृत समाजवादी) वा नेकपा माओवादीमध्ये कुनै एक दलले गर्ने कुरा निश्चित रहेकाले गठबन्धनको सहमति र सहकार्यले यसको निर्णय गर्ने उहाँको भनाइ छ । बागमती प्रदेशका १ सय ९ सांसदमध्ये ५६ सांसदसहितको एमालेले बहुमतको सरकार चलाउँदै आएको थियो ।

तर, एमालेबाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजिसकेका छन् । २२ गतेसम्म दल चयनको समय हु“दा हालसम्म प्रदेश सरकार व्यवहारिकरुपमा अल्पमतमा परे पनि कानुनीरुपमा बहुमतमा छ । एमाले साना दलसँग मिलेर बहुमत पु¥याउने प्रयासमा भए पनि सरकार गठनका लागि पर्याप्त मत पुग्दैन ।

२३ गते आधिकारिकरुपमा प्रदेशमा एमाले विभाजन हुने हुँदा ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ । अब उहाँसँग संसदमा विश्वासको मत लिने वा राजीनामा दिने भन्ने दुई विकल्प छन् ।

एमाले विभाजित भएर नेकपा समाजवादीमा गएका सांसदहरुले भने मुख्यमन्त्री शाक्यलाई नयाँ दलमा आउन आग्रह गरेका छन् । समाजवादीकी सांसद् मुनु सिग्देलले शाक्य पहिला माधव नेपाल खेमाको रहेको भन्दै २२ गतेसम्ममा समाजवादीमा आउन शाक्यलाई आग्रह गर्नुभयो ।

‘हामीले नै उहाँलाई मुख्यमन्त्री बनाएका हौं । उहाँलाई प्रदेश सरकारबाट बिदा गर्न मन छैन । एमाले छाडेर समाजवादीमा आउनुभयो भने हाम्रो अभिभावक उहाँको संरक्षण गर्छौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved