Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६०%विद्यार्थीलाई प्राविधिक विषय पढाउने, शिक्षक–विद्यार्थीलाई राजनीतिबाट अलग राख्ने कांग्रेसको प्रस्ताव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2021

कांग्रेसको शिक्षा विभागले प्रस्तावित ‘राष्ट्रिय शिक्षा नीति’ मा यस्तो प्रस्ताव गरेको हो । आगामी महाधिवेशनबाट पारित भए कांग्रेसले उक्त नीतिलाई अघि बढाउनेछ । नेपालको संविधान ०७२ बमोजिम विद्यालय तहसम्मको शिक्षा र उच्च शिक्षाको व्यवस्थापनका लागि ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्ताव तयार गरी केन्द्रीय कार्यसमितिलाई बुझाइएको विभागका सचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले संविधानको मर्मबमोजिम अबको पाँच वर्षभित्र माध्यमिक तहसम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क तथा दश वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय हस्तक्षेपबाट बचाउन तथा शिक्षक, प्राध्यापक र विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राख्न शिक्षक परिषद्, प्राध्यापक परिषद् र विद्यार्थी कल्याणकारी परिषद्को स्थापना र सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कांग्रेसले विद्यालय शिक्षाको संरचना फेरबदल गर्नुपर्ने प्रस्ताव गरेको छ । बालकक्षादेखि ४ कक्षासम्मलाई ‘पूर्व आधारभूत’, कक्षा ५ देखि ८ सम्मलाई ‘आधारभूत’ र कक्षा ९ देखि १२ सम्मलाई ‘माध्यमिक’ तहको संरचना बनाउनुपर्नेमा नीतिमा जोड दिइएको छ ।

कोरोना र अन्य विपद्‌बाट शिक्षाक्षेत्र प्रभावित भएको भन्दै कांग्रेसले यस्तो बेला पनि विद्यार्थीको सिकाइलाई निरन्तर गर्ने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तथा प्राध्यापकहरूको मर्यादाक्रम निजामती कर्मचारीको भन्दा माथि हुनुपर्ने, विद्यालयको भौतिक संरचना, जस्तै भवनको रङ, पुस्तकालय, प्रयोगशाला, खेलमैदानलगायतमा एकरूपता ल्याउनुपर्ने, भिन्दाभिन्दै तहलाई फरक–फरक ब्लकमा राखेर पठनपाठनको व्यवस्था गर्नुपर्ने, आधारभूत तहसम्म सबै विद्यालयमा दिवाखाजाको व्यवस्था गर्नुपर्ने, विद्यालय तहको अध्यापन २१औँ शताब्दीको सीप र क्षमता सुहाउँदो हुनुपर्ने, पूर्वआधारभूत तहमा बाल मनोविज्ञानमा आधारित विशेषज्ञता भएका शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

चन्द्रागिरी–१ मा सेवा सुधार कडाइ, अतिक्रमण विरुद्ध वडाध्यक्ष र...

  • May 1, 2026

मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

  • April 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved