Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी हटाउँछु भन्नु माधव नेपालको बेइमानी राजनिती : नेता शेरबहादुर तामाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2021
255 shares

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती प्रदेशकी मुख्यमन्त्री भए पनि उनलाई विश्वासको मत दिनु माधव नेपालको कर्तव्य हुने उनले दाबी गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “एउटी महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको भनी केपी ओलीको आलोचना गर्ने माधव नेपालले आज किन हटाउँछौं भनिरहनुभएको छ माधव नेपालको पछि लागे मात्र अष्टलक्ष्मीको पद जोगिने भन्नु बेइमानी होइन सकेसम्म आफ्नै बहुमतले बाग्मती र प्रदेश १ सरकारलाई बचाउँछौं । नसकेको खण्डमा भोलि जनताले बहुमतसहित मुख्यमन्त्रीलाई फर्काउने छन् ।”

राजनीतिक नैतिकता देखाउने हो भने एमालेकै निर्वाचन चिह्न र घोषणापत्र लिएर जितेका सांसदले अर्को पार्टी रोज्न नसक्ने पनि उनले बताए । उनले भने, “सरकार नै नेकपा एमालेलाई नफुटाई नहुने हिसाबमा लागेर दल विभाजन अध्यादेश ल्यायो । कारबाही गरिसकेका मानिसलाई निर्वाचन आयोगले सनाखत गरेको छ, सभामुखले तिकडम गरेका छन्, अब हामी कानुनी उपचारमा लाग्छौं । अदालतले न्याय नदिए जनताले दिन्छन् ।”

हिजो माधव नेपाल समूहमा रहेका नेताहरु नयाँ पार्टीमा लाग्नु स्वाभाविक भएको पनि उनले बताए । उनले भने, “जो हिजो माधव कमरेडसँगै हुनुहुन्थ्यो, उहाँहरु नयाँ पार्टीमा लाग्नु के अनौठो भयो र ? कोही पनि व्यक्तिलाई दल छनोटको स्वतन्त्रता छ । तर विगतको अनुभवले के देखाएको छ भने नयाँ दल बनाउनेहरु निरन्तर असफल मात्र भएका छन् । घुमफिरी एमालेमै आउने हो भने एमालेमै बस्नूस् भन्ने आग्रह हुन्छ । तर काँडेतार लगाएर कसैलाई पार्टीमा थुनेर राख्दैनौं । तर फर्केर आउने सबैलाई ढोका खुलै राख्छौं ।”

दलविभाजनसम्बन्धी अध्यादेशले भोलि कांग्रेस र माओवादी नै फुट्ने स्थिति रहने उनले बताए । उनले थपे, “म सत्तारुढ दलहरुलाई चेतावनी दिन चाहन्छु, भोलि यही अध्यादेशले आफ्नै पार्टी विभाजित होला । यस्ता कानुनले व्यवस्थामाथि नै समस्या निम्त्याउँछ । यसलाई तत्काल खारेज गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved